
धनश्रीघाट, १४ जुन : अखिल असम गोर्खा छात्र संघ (आग्सु), धनश्रीघाट आञ्चलिक समितिको उद्योगमा उच्च र उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई अभिनन्दन गर्ने उद्देश्यले अभिनन्दन अनुष्ठान नलबारीस्थित लाली गुराँस युवा संघ सभागृहमा सफलतापूर्वक सम्पन्न भएको छ।
आञ्चलिक समितिका सभापति श्री जीवन बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आञ्चलिक समितिका मूल सचिव श्री अर्जुन सन्यासीले गरेका थिए। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा आग्सु उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्री उपस्थित रहेका थिए भने मुख्य अनुप्रेरक वक्ताका रूपमा आग्सु केन्द्रीय समितिको शिक्षा विभागका सल्लाहकार श्री रोशन गुरुङ उपस्थित रहेका थिए। साथै जिल्ला समितिका मुख्य सल्लाहकार श्री मनोज कुमार राई सहित जिल्ला समितिका विभिन्न पदाधिकारी, आञ्चलिक समितिका कार्यकर्ता, शाखा समितिका सभापति मूल सचिवहरू, पूर्व छात्रकर्मी, अभिभावक, बुद्धिजीवी तथा छात्र–छात्राहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अनुष्ठानमा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ६४ जना विद्यार्थीलाई सम्मान तथा अभिनन्दन गरिएको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अझ उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुका साथै समाजमा शिक्षा र प्रतिभाको सम्मान गर्ने सकारात्मक सन्देश प्रवाह गरिएको हो भन्ने आशा व्यक्त गर्दछन्।
प्रतिवेदक: श्री जीवन बस्नेत, सभापति, आग्सु धनश्रीघाट आञ्चलिक समिति।