
तिनसुकिया, २० जुन २०२६ । कोलागुरु विष्णु प्रसाद राभा दिवसको शुभ अवसरमा तिनसुकिया दुर्गाबारी हलको प्रेक्षागृहमा बृहत्तर तिनसुकिया संगवादिक संस्थाको प्रथम द्विवार्षिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनका अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई ‘बेंगमरा संगवादिक बोटा’ प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र सङ्घ (AAGSU) तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधान तथा माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारी विशेष रूपमा उपस्थित रहेका थिए। साथै तिनसुकिया र माकुम समष्टिका विधायकहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिताको महत्व, समाज निर्माणमा सञ्चारकर्मीहरूको भूमिका तथा कोलागुरु विष्णु प्रसाद राभाको आदर्श र योगदानबारे प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति।