All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

आग्सु उदालगुडी जिल्ला समितिद्वारा शोक समवेदना तथा शोकपत्र अर्पण।

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, २२ जुन : अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्रीज्यूको नेतृत्वमा जिल्ला समितिको एक प्रतिनिधिमण्डलले विभिन्न स्थानमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोकपत्र अर्पण गरेको छ।

सर्वप्रथम, टोलीले आग्सु उदालगुडी जिल्ला समितिका प्राक्तन सांस्कृतिक सचिव श्री नृपेन भुर्तेलज्यूका पिताश्री तथा धार्मिक व्यक्तित्व स्वर्गीय महन्त हरिदास भुर्तेल गुरूसाहेबको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको निवासमा पुगेर शोकसन्तप्त परिवारजनसँग भेटघाट गरेको थियो। सो अवसरमा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा परेको अपूरणीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो। साथै, दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित जिल्ला समितिको तर्फबाट शोकपत्र समेत अर्पण गरिएको थियो।

यसैगरी, प्रतिनिधिमण्डलले शुकलाई बरङाजुलीखुटी निवासी भाषा सेनानी स्वर्गीय ईन्द्र सियाकोटीज्यूको निवासमा समेत पुगेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो। गोर्खा भाषा, साहित्य तथा सामाजिक जागरणको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै टोलीले शोकाकुल परिवारवर्गप्रति गहिरो समवेदना प्रकट गरेको थियो। सो अवसरमा जिल्ला समितिको तर्फबाट शोकपत्र अर्पण गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको थियो।

उक्त अवसरमा आग्सु उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्रीज्यूले दिवङ्गत व्यक्तित्वहरूको समाज तथा समुदायप्रतिको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्य र साहसको कामना गर्नुभएको थियो।

आग्सु उदालगुडी जिल्ला समितिले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवारजनलाई यस अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भनी सर्वशक्तिमान ईश्वरसँग प्रार्थना गरेको छ।

प्रतिवेदक: श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु टङला आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top