All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

मातृ शोकमा परेका गोर्खा लोक संस्कृतिका साधक राम राईको निवासमा आग्सु नेतृत्वको समवेदना व्यक्त

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:02 AM

निकासी, २३ जुन २०२६: गोर्खा लोक संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका गोर्खा लोक संस्कृतिका साधक श्री राम राईज्यू मातृकाे वियोगमा शोकमा पर्नुभएको दुःखद समाचारले सम्पूर्ण गोर्खा समुदायलाई मर्माहत बनाएको छ। उहाँकी पूजनीय आमाको असामयिक निधनप्रति अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

यस दुःखद घडीमा आग्सु केन्द्रीय समितिका भारप्राप्त सभापति श्री सन्जिव चौहान तथा मुल सचिव श्री नुमल छेत्रीको नेतृत्वमा केन्द्रीय समितिका पदाधिकारीहरू, विभिन्न जिल्ला समितिका नेतृत्वहरू तथा क्षेत्रीय समितिका प्रतिनिधिहरू श्री राम राईज्यूको निवासमा पुगेर शोकाकुल परिवारजनसँग भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले स्वर्गीय आत्माप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःख सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेको थियो।

भेटका क्रममा आग्सु नेतृत्वले श्री राम राईज्यूले गोर्खा लोक संस्कृति, भाषा, भेषभूषा, कला तथा परम्पराको लागि पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता व्यक्तित्वहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गरे। उहाँमाथि परेको यस अपूरणीय क्षतिको घडीमा सम्पूर्ण आग्सु परिवार साथमा रहेको विश्वास दिलाउँदै संगठनको तर्फबाट नैतिक समर्थन तथा सहानुभूति व्यक्त गरिएको थियो।

शोक भेटमा सहभागी नेतृत्वहरूले स्वर्गीय आमाको स्मृतिप्रति सम्मान प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, परिवारका सदस्यहरूलाई धैर्य र साहसका साथ यस पीडादायी परिस्थितिको सामना गर्न सक्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका थिए।

अन्त्यमा, अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ। दुःखको यस कठिन घडीमा सम्पूर्ण आग्सु परिवार शोकाकुल परिवारको साथमा रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ।

📤 Share this story
← First Story in Issue
Scroll to Top