All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #43
•
August 13, 2026

सुन्दरनगरमा अखिल असम गोर्खा छात्र संघ तिनसुकीया जिला समिति द्वारा शैक्षिक कार्यक्रम

📅 August 13, 2026
✍️ AAGSU
🕒 12:05 AM

माकुम, ११ अगस्ट: अखिल असम गोर्खा छात्र संघ, तिनसुकीया जिल्ला समितिको पहलमा माकुम आञ्चलिक समितिअन्तर्गत सुन्दरनगरमा एक शैक्षिक कार्यक्रम आयोजन

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, तिनसुकीया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधान, शिक्षा सचिव खेम बाहादुर क्षेत्री तथा सह-शिक्षा सचिव राहुल राईको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक विकास, अध्ययनप्रति रुचि अभिवृद्धि तथा भविष्य निर्माणसँग सम्बन्धित विषयमा मार्गदर्शन प्रदान गरिएको बताइएको छ।

विद्यार्थीहरूलाई शिक्षाप्रति थप जागरूक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आयोजकहरूको विश्वास छ।

कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन प्रदान गरेकोमा अखिल असम गोर्खा छात्र संघ, माकुम आञ्चलिक समितिले तिनसुकीया जिल्ला समितिका पदाधिकारीहरूप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ।

प्रतिवेदन: मिलन अधिकारी, सभापति, माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top