
दुधनै, ०९ अगस्त: अखिल असम गोर्खा छात्र संघ (AAGSU) दुधनै आञ्चलिक समितिको प्रतिनिधि सभा ०९ अगस्त २०२६ का दिन जिल्ला मुख्य कार्यालय भानुभवन परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा संगठनका प्रतिनिधि, सदस्य तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभामा विद्यार्थी हितका विभिन्न कार्य, आगामी कार्यदिशा तथा जिल्ला तहमा देखिएका विभिन्न समस्याहरूका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्राक्तन आग्सु कर्मी तथा वर्तमान असम गोर्खा सम्मेलन गोवापाडा जिल्ला समितिका उपदेष्टा राजेन सुवेदी, आग्सुका प्राक्तन जिल्ला मूल–सचिव मनोज ठकुरी, शान्तिपुर गोर्खा समाजका सभापति डेभिड घिमिरे, आग्सु गोवापाडा जिल्ला समितिका भारप्राप्त सभापति नारायण चापागाई, जिल्ला मूल–सचिव शिव शर्मा लगायत समाजका विभिन्न नागरिकहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधि सभामा जिल्ला समितिको तर्फबाट पर्यवेक्षकका रूपमा सांगठनिक सचिव देव तामाङ, खेलकुद सचिव बृदुल जोगी तथा जिल्ला कार्यकारिणी सदस्य मानव उपाध्यायको उपस्थिति रहेको थियो।
सभाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा श्री कपिल छेत्रीलाई सभापति तथा श्री विशाल शर्मालाई मूल–सचिव पदमा निर्विरोध चयन गर्दै पूर्णाङ्ग आञ्चलिक समिति गठन गरेको छ।
अन्त्यमा उपस्थित सम्पूर्ण प्रतिनिधि, सदस्य तथा अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै नवगठित आञ्चलिक समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। त्यसपछि सभा विधिवत् रूपमा भंग भएको थियो।
प्रतिवेदक : नारायण चापागाई, भारप्राप्त सभापति, आग्सु गोवापाडा जिल्ला समिति