
सुवनखाटा, ०९ अगस्ट: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुवनखाटा आञ्चलिक समितिको पहल तथा उपस्थितिमा उत्तरकुचि शाखा समितिको गठन गरिएको छ। संगठनलाई थप सुदृढ, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले आयोजित गठन कार्यक्रममा सुवनखाटा आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
आगामी कार्यकालका लागि पंकज लामालाई सभापति तथा संजीव पाण्डेलाई मूल–सचिवको जिम्मेवारी प्रदान गर्दै नयाँ उत्तरकुचि शाखा समिति गठन गरिएको हो। नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवगठित समितिले संगठनको उद्देश्य, नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै आगामी दिनमा एकता, सक्रियता र समर्पणका साथ सुवनखाटा आञ्चलिक समितिलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। नयाँ समितिको गठनसँगै उत्तरकुचि क्षेत्रमा आग्सुको सांगठनिक गतिविधि थप प्रभावकारी र गतिशील बन्ने अपेक्षा गरिएको छ।
संगठनको उद्देश्य प्राप्तिका लागि सबै तहका समितिबीच आपसी समन्वय, सहकार्य र एकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
प्रतिवेदक : श्रीमान पवन सोनारी, सूचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति, आग्सु