All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #44
August 20, 2026

अखिल असम गोर्खा छात्र संघ उदालगुरी महाविद्यालय इकाइ समितिको अन्तिम कार्यकारिणी सभा सम्पन्न।

📅 August 20, 2026
✍️ AAGSU
🕒 12:07 AM

उदालगुरी, १७ अगस्ट २०२६: — अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुरी महाविद्यालय इकाइ समिति (२०२५-२६) को कार्यकालको अन्तिम कार्यकारिणी सभा आज सम्पन्न भएको छ। इकाइ समितिको कार्यालयमा सम्पन्न उक्त सभाको अध्यक्षता इकाइ समितिका सभापति अभिषेक क्षेत्रीले गर्नुभएको थियो भने सभाको उद्देश्य तथा विषयवस्तुबारे प्रकाश पार्दै मूलसचिव विजय छेत्रीले सभा सञ्चालन गर्नुभएको थियो।

सभामा इकाइ समितिको आगामी गतिविधि, प्रतिनिधि सभा तथा नयाँ कार्यकारिणी समिति गठनसम्बन्धी विभिन्न विषयमा गहन छलफल गरिएको थियो। छलफलपश्चात् सर्वसम्मत रूपमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिएको छ।

सभाबाट पारित पहिलो प्रस्तावअनुसार अखिल असम गोर्खा छात्र संघ, उदालगुरी महाविद्यालय इकाइ समितिको १६औँ प्रतिनिधि सभा आगामी १९ अगस्ट २०२६ मा आयोजना गर्ने निर्णय गरिएको छ। प्रतिनिधि सभामार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व तथा कार्यकारिणी समिति चयन गरिने जनाइएको छ।

त्यसैगरी, दोस्रो प्रस्ताव अन्तर्गत विगतका कार्यकारिणी समितिको संरचनालाई निरन्तरता दिँदै यस वर्ष पनि एकाइ समितिको कार्यकारिणी सदस्य संख्या २८ वा ३० जना रहने निर्णय गरिएको छ। कार्यकारिणी समितिलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले उक्त संरचना तय गरिएको हो।

तेस्रो प्रस्ताव अनुसार, २८ वा ३० सदस्यीय कार्यकारिणी समितिले संगठनको आवश्यकता र कार्यक्षेत्र अनुसार आवश्यक परेको अवस्थामा थप सदस्यहरूलाई मनोनयन गर्न सक्ने अधिकार रहने निर्णय गरिएको छ।

सभाको अन्त्यमा अध्यक्ष अभिषेक छेत्री हाल कार्यकालमा समितिलाई सहयोग पुर्‍याउने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो।

प्रतिवेदक: श्री कालिदास छेत्री, शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति।

📤 Share this story
Last Story in Issue →
Scroll to Top