
होजाई, ४ सेप्टेम्बर २०२६: असम नेपाली साहित्य सभा होजाई जिल्ला समितिका सभापति श्री दिल्ली राम गौतमज्यूका पूजनीय पिताजी स्वर्गीय चूडामणि गौतमज्यूको २९ अगस्ट २०२६ मा भएको दुःखद निधनप्रति अखिल असम गोर्खा छात्र संघ (आग्सु), होजाई जिल्ला समितिले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
यसै क्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), होजाई जिल्ला समितिका पदाधिकारीहरूले शोकसन्तप्त परिवारको निवासमा पुगेर स्वर्गीय चूडामणि गौतमज्यूको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै शोक पत्र प्रदान गरे। परिवारसँग भेट गरी यस दुःखद घडीमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) परिवारको साथमा रहेको जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।
उक्त शोक-संवेदना कार्यक्रमको नेतृत्व होजाई जिल्ला समितिका उप–सभापति श्री पवन अधिकारीज्यूले गर्नुभएको थियो। कार्यक्रममा मूल–सचिव श्री विकास शर्मा, सह–सचिव श्री अमित अधिकारी तथा शिक्षा सचिव श्री विशाल भट्टराईज्यूको उपस्थिति रहेको थियो।
स्वर्गीय चूडामणि गौतमज्यूको निधनले परिवारजनसँगै आफन्त, शुभेच्छुक तथा सामाजिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको समितिले जनाएको छ। एक जना ज्येष्ठ अभिभावकको निधनले सिर्जना गरेको पीडा सम्पूर्ण परिवारका लागि अत्यन्तै दुःखद रहेको उल्लेख गर्दै यस शोकको घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
अखिल असम गोर्खा छात्र संघ (आग्सु), होजाई जिल्ला समितिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गरेको छ।
ॐ शान्तिः शान्तिः शान्तिः।
प्रतिवेदक : श्री विकास शर्मा, मूल–सचिव, होजाई जिल्ला समिति