All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

पूब सदिया आञ्चलिक समितिद्वारा स्वर्गीय जुबिन गार्गको प्रथम जुबिन दिवस मनाइयो

पूब सदिया, १९ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (AAGSU) पूब सदिया आञ्चलिक समिति, सांस्कृतिक महासभा चुनपूरा शाखा समिति, चुनपूरा केन्द्रीय हरि कीर्तन मण्डलीलगायत विभिन्न दल तथा संगठनको संयुक्त आयोजनामा स्वर्गीय लोकप्रिय कलाकार जुबिन गार्गको प्रथम जुबिन दिवस श्रद्धा र सम्मानका साथ मनाइएको छ।

चुनपूरा केन्द्रीय हरि कीर्तन मण्डलीअन्तर्गत दुर्गा भवन प्राङ्गणमा आयोजित कार्यक्रममा स्वर्गीय जुबिन गार्गप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र सांगीतिक यात्राको स्मरण गरिएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले दुईवटा दियो प्रज्वलन तथा पुष्प अर्पण गरी स्वर्गीय कलाकारप्रति श्रद्धा व्यक्त गरेका थिए।

कार्यक्रममा AAGSU पूब सदिया आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्तासहित विभिन्न सामाजिक तथा सांस्कृतिक संगठनका प्रतिनिधि र स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जुबिन गार्गको कला, संगीत तथा समाजप्रतिको योगदानलाई स्मरण गर्दै उहाँको सिर्जना र विचारलाई आगामी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमपश्चात् उपस्थित दर्शकहरूका लागि स्वर्गीय जुबिन गार्ग अभिनीत चलचित्र ‘Roi Roi Binale’ प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो। चलचित्र प्रदर्शनले कार्यक्रमलाई थप भावनात्मक र स्मरणीय बनाएको थियो।

AAGSU पूब सदिया आञ्चलिक समितिले विभिन्न संस्था, संगठन तथा स्थानीय जनसमुदायको सहयोग र सहभागिताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

प्रतिवेदक : राजेन क्षेत्री, सभापति, पूब सदिया आञ्चलिक समिति

Scroll to Top