All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समितिकाे आयोजनामा स्वर्गीय जुबिन गार्गकाे मृत्यु तिथिको उपलक्ष्यमा श्रद्धाञ्जली अनुष्ठान सम्पन्न।

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:06 AM

शान्तिपुर, १९ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समितिको आयोजनामा स्वर्गीय जुबिन गर्गको मृत्यु तिथिको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

सुनगाभा आञ्चलिक समितिको मुख्य कार्यालय, शान्तिपुरमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा आञ्चलिक समितिका पदाधिकारी, कार्यसमिति सदस्य, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्वर्गीय जुबिन गर्गको तस्बिरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

उपस्थित सबैले स्वर्गीय जुबिन गर्गले असमको संगीत, कला तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए। उहाँका कालजयी सिर्जना, संगीतप्रतिको समर्पण तथा असमको सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई सहभागीहरूले स्मरण गरे।

कार्यक्रममा वक्ताहरूले जुबिन गर्गको निधनले असमको सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँका सिर्जना र योगदानलाई आगामी पुस्तासम्म जोगाएर राख्नुपर्नेमा जोड दिए। साथै, उहाँले आफ्नो कला र संगीतमार्फत समाज तथा संस्कृतिमा छोडेर जानुभएको अमूल्य योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गरियो।

कार्यक्रमको अन्त्यमा स्वर्गीय जुबिन गर्गको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो।

आग्सु सुनगाभा आञ्चलिक समितिले स्वर्गीय जुबिन गर्गको स्मृति तथा सांस्कृतिक योगदानप्रति सम्मान व्यक्त गर्दै आयोजना गरेको उक्त श्रद्धाञ्जली कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिवेदक: श्री नवीन थापा, सभापति, अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top