All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

गहपुरका नवनियुक्त आयुक्त रामानुज हाजरिकालाई AAGSU को हार्दिक स्वागत तथा शुभकामना

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:05 AM

गहपुर, २ अक्टोबर: गहपुर उप-जिल्लाका नवनियुक्त आयुक्त श्री रामानुज हाजरिकालाई अखिल असम गोर्खा छात्र संघ (AAGSU) विश्वनाथ जिल्ला समिति, सहिद नगरी गहपुर आञ्चलिक समिति, राजगढ आञ्चलिक समिति तथा छयदुवार महाविद्यालय AAGSU इकाईको तर्फबाट हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरिएको छ।

गहपुर ऐतिहासिक, विविधतापूर्ण तथा सम्भावनाले भरिपूर्ण क्षेत्रका रूपमा परिचित छ। विभिन्न जाति–जनजाति, भाषा तथा संस्कृतिका मानिसहरूको शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट यस क्षेत्रले सामाजिक सद्भाव, एकता र भाइचाराको सुन्दर उदाहरण प्रस्तुत गर्दै आएको AAGSU ले उल्लेख गरेको छ।

महत्त्वपूर्ण उप-जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाल्नुभएका नवनियुक्त आयुक्त हाजरिकाको अनुभव, कुशल नेतृत्व तथा दूरदर्शी सोचका माध्यमबाट गहपुरमा शान्ति–सुरक्षा, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, युवा वर्गको सर्वाङ्गीण विकास तथा जनकल्याणकारी कार्यहरूले थप गति प्राप्त गर्ने विश्वास AAGSU ले व्यक्त गरेको छ।

विशेषगरी नयाँ पुस्तालाई विकासको मूलधारमा अघि बढाउन तथा उनीहरूको प्रतिभा र सम्भावनालाई सही दिशामा विकास गर्न प्रशासनको सकारात्मक भूमिका रहने अपेक्षा गरिएको छ। सर्वसाधारण जनताको आशा–आकांक्षा, समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राख्दै गहपुर उप-जिल्लालाई विकास र प्रगतिको नयाँ दिशातर्फ अघि बढाउने कार्यमा नवनियुक्त आयुक्तको कार्यकाल सफल, सार्थक तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना AAGSU ले दिएको छ।

नवनियुक्त आयुक्त श्री रामानुज हाजरिकाको सुस्वास्थ्य, सफलता तथा जिम्मेवारीपूर्ण कार्यकालको लागि AAGSU का सम्बन्धित समितिहरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रतिवेदक : निरज छेत्री, प्रचार सचिव, अखिल असम गोर्खा छात्र संघ गहपुर आञ्चलिक समिति

📤 Share this story
Scroll to Top