All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

गोजमुमोको २०औँ स्थापना दिवसमा आग्सुको सहभागिता- गोर्खा पहिचान, भाषा–संस्कृति र अधिकारको संरक्षणमा निरन्तर यात्राको शुभकामना।

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:01 AM

दार्जिलिङ, ७ अक्टोबर २०२६: दार्जिलिङ पहाडमा आज सम्पन्न गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को २०औँ स्थापना दिवस समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको तर्फबाट सहभागिता जनाइएको छ। ऐतिहासिक तथा गरिमामय वातावरणमा सम्पन्न समारोहमा गोर्खा समुदायको पहिचान, अस्तित्व, भाषा–संस्कृति, सामाजिक एकता तथा अधिकारसँग सम्बन्धित विभिन्न विषयमा चर्चा गरिएको थियो।

गोर्खा जनमुक्ति मोर्चाले आफ्नो स्थापनाकालदेखि नै भारतीय गोर्खा समुदायका विविध सामाजिक तथा सामुदायिक मुद्दालाई सार्वजनिक बहसमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आग्सु केन्द्रीय समितिले उल्लेख गरेको छ। विशेषगरी गोर्खा समुदायको चिनारी, अस्तित्व, पहिचान, भाषा, संस्कृति तथा स्वाभिमानको संरक्षण र सम्बर्द्धनका दिशामा विगत दुई दशकमा गोजमुमोले अघि बढाएको यात्रालाई आग्सुले महत्वपूर्ण, उल्लेखनीय तथा स्मरणीय यात्राका रूपमा लिएको छ।

स्थापना दिवसको अवसरमा आग्सु केन्द्रीय समितिले गोर्खा जनमुक्ति मोर्चाका सम्पूर्ण नेतृत्व, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूमा २०औँ स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गरेको छ। दुई दशकको यात्रालाई स्मरण गर्दै आगामी दिनमा पनि गोर्खा समुदायको सामाजिक तथा सांस्कृतिक हित, पहिचान र अधिकारका विषयमा सकारात्मक एवं रचनात्मक भूमिका निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

यस अवसरमा आग्सुले भारतीय गोर्खा समुदायको साझा पहिचान, भाषा–संस्कृति, परम्परा तथा सामाजिक मूल्य–मान्यताको संरक्षणका लागि गोर्खा समाजका विभिन्न संघ–संस्था, नेतृत्व तथा युवापुस्ताबीच आपसी सद्भाव, सहकार्य र एकता अझ सुदृढ हुनुपर्नेमा जोड दिएको छ। समुदायको समग्र विकास र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि साझा सरोकारका विषयमा सहकार्य र संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

आग्सु केन्द्रीय समितिले गोर्खा समुदायको पहिचान, अधिकार, सम्मान तथा स्वाभिमानको संरक्षण र सम्बर्द्धनका लागि अघि बढिरहेको यात्राले आगामी दिनमा अझ सशक्त गति प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै, २०औँ स्थापना दिवसको यस ऐतिहासिक अवसरले गोर्खा समुदायमा नयाँ ऊर्जा, एकता, आत्मविश्वास र सकारात्मक सोचको सञ्चार गर्न सफल होस् भन्ने कामनासमेत व्यक्त गरिएको छ।

प्रतिवेदक: सञ्जय छेत्री, शिक्षा सचिव, उदालगुडी जिला समिति।

📤 Share this story
← First Story in Issue
Scroll to Top