All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

रवीन्द्रनाथ टैगोर विश्वविद्यालयमा आग्सु एकाइको नयाँ समिति गठन

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:07 AM

होजाई, १४ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), रवीन्द्रनाथ टैगोर विश्वविद्यालय (RTV) एकाइको नयाँ समिति गठन भएको छ। नवगठित समितिको सभापतिमा श्री श्याम छेत्री र मूल–सचिवमा श्री मोनकुमार सुब्बा चयन हुनुभएको छ। नयाँ समितिले विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक विकास तथा सांगठनिक गतिविधिलाई अघि बढाउने लक्ष्य लिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आग्सु केन्द्रीय समितिका उपसभापति श्री खगेन्द्र थापाको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा आग्सु होजाई जिल्ला समितिका सभापति श्री प्रीतम निरौला, उपसभापति श्री पवन अधिकारी तथा शिक्षा सचिव श्री विशाल भट्टराई सहभागी हुनुभएको थियो।

यसका साथै, आग्सु वेस्ट कार्बी आङलङका सभापति श्री गोपाल भट्टराई, असम नेपाली साहित्य सभाका केन्द्रीय समिति सदस्य तथा होजाईका शिक्षक एवं समाजसेवी श्री विष्णु गौतमलगायत AAGDU WKADC का सांस्कृतिक सचिव तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

नवगठित समितिले विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक हितका विषयलाई प्राथमिकता दिँदै विश्वविद्यालयमा गोर्खा विद्यार्थीहरूबीच एकता, सहकार्य र सांगठनिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यस समितिमार्फत विद्यार्थीका समस्या तथा सरोकारका विषयलाई संगठित रूपमा उठान गर्दै आग्सुको सांगठनिक गतिविधिलाई थप सक्रिय बनाउने लक्ष्य रहेको छ।

प्रतिवेदक : बिकास शर्मा, मूल–सचिव, होजाई जिल्ला समिति

📤 Share this story
Scroll to Top