All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

आग्सु बामुञ्जुली आञ्चलिक समिति अन्तर्गत भोलाटार शाखा समितिको प्रतिनिधि सभा सम्पन्न। सभापतिमा मंगल तामाङ, मूल सचिवमा सुरज कार्की चयन।

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:07 AM

बामुनजुली, ११ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिअन्तर्गत भोलाटार शाखा समितिको प्रतिनिधि सभाबाट आगामी कार्यकालका लागि सभापति पदमा श्री मंगल तामाङ र मूल सचिव पदमा श्री सुरज कार्की मनोनीत भएका छन्।

नवगठित शाखा समितिले आगामी दिनमा सङ्गठनलाई थप सुदृढ बनाउँदै गोर्खा जातिको भाषा, साहित्य, कला, संस्कृति तथा शैक्षिक र सामाजिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, विद्यार्थीहरूको हकहितको संरक्षण, युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा समाजमा एकता र सद्भाव कायम राख्न समितिले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यस अवसरमा आग्सु बामुनजुली आञ्चलिक समितिले नवनियुक्त सभापति मंगल तामाङ, मूल सचिव सुरज कार्कीलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

उक्त प्रतिनिधि सभामा आग्सु बामुनजुली आञ्चलिक समितिका सभापति श्री रतन शर्मा, सहसचिव श्री भुवन खतिवडा, सहसचिवा सुश्री अमिशा उपाध्याय, सङ्गठनिक सचिव श्री ताराबिर गौतम, प्रचार सचिव श्री अर्पण छेत्री, सांस्कृतिक सचिव श्री भगीरथ गौतम तथा सहशिक्षा सचिव श्री लुहित कटुवाललगायतको उपस्थिति रहेको थियो।

नवगठित समितिले सङ्गठनको उद्देश्य र आदर्शलाई आत्मसात् गर्दै गोर्खा समुदायको सर्वाङ्गीण विकास तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि प्रतिबद्धताका साथ कार्य गर्ने अपेक्षा गरिएको छ।

प्रतिवेदक: भानु लामा, मूल सचिव-बामुनजुली आञ्चलिक समिति

📤 Share this story
Last Story in Issue →
Scroll to Top