All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #44
August 20, 2026

आग्सु बङ्गाईगाँउ जिल्ला समितिद्वारा गोर्खा छात्र–छात्रासँग बैठक।

📅 August 20, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङ्गाईगाँउ, 13 अगस्ट: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङ्गाईगाँउ जिल्ला समितिको आयोजनामा बङ्गाईगाँउ विश्वविद्यालय तथा जिल्लाका विभिन्न महाविद्यालयमा अध्ययनरत गोर्खा छात्र–छात्राहरूसँग एक महत्वपूर्ण बैठक सम्पन्न हुन्छ।

बैठकमा एआईएम एकेडेमी, बिरझोरा साइन्स कलेज, ज्ञानज्योति जुनियर कलेज, एसबीएमलगायत विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गोर्खा छात्र–छात्राहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको मुख्य उद्देश्य विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गोर्खा विद्यार्थीहरूबीच आपसी समन्वय, सहकार्य र संगठनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको थियो।

बैठकमा विश्वविद्यालय तथा महाविद्यालयहरूमा आग्सुको एकाइ गठन तथा विद्यमान एकाइहरूलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरियो। साथै, विद्यार्थीहरूको संगठनमा भूमिका, जिम्मेवारी तथा विद्यार्थीहितसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूले आ–आफ्ना विचार तथा सुझावहरू प्रस्तुत गरे।

यसै क्रममा आगामी दिनमा नयाँ विद्यार्थीहरूलाई संगठनसँग जोड्ने उद्देश्यले फ्रेशर्स कार्यक्रम आयोजना गर्ने, विभिन्न शैक्षिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने र विद्यार्थीहरूबीच आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत विचार–विमर्श गरियो। विद्यार्थीहरूको शैक्षिक विकाससँगै सामाजिक चेतना, नेतृत्व क्षमता र संगठनात्मक सक्रियता अभिवृद्धि गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

बैठकले जिल्लाका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गोर्खा छात्र–छात्राहरूलाई एउटै मञ्चमा भेला भई आफ्ना विचार, अनुभव तथा समस्याहरू आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो। साथै, विद्यार्थीहरूको हित, अधिकार तथा समग्र विकासका लागि सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

आग्सु बङ्गाईगाँउ जिल्ला समितिले जिल्लाका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गोर्खा छात्र–छात्राहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा संगठनात्मक विकासका लागि आगामी दिनमा पनि निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिवेदक: योगेश गिरी, सूचना तथा प्रविधि सचिव, आग्सु बङ्गाईगाँउ जिल्ला समिति।

📤 Share this story
Scroll to Top