All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

शोक प्रस्ताव तथा समवेदना प्रकट गर्दै अखिल असम गोर्खा छात्र संघ केन्द्रीय नेतृत्व बोकाखातमा।

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:01 AM

बोकाखात, 25अप्रिल 2026: अखिल असम गोर्खा छात्र संघका (आग्सू) केन्द्रीय सदस्य श्री संजिब क्षेत्रीज्यूका पूजनीय पिता स्वर्गीय श्री कुल बहादुर क्षेत्रीज्यू (जन्म: ८ अगस्ट १९५७ – निधन: १६ अप्रिल २०२६) को असामयिक निधनको दुःखद् समाचारले सम्पूर्ण आग्सू परिवारलाई स्तब्ध तथा मर्माहत बनाएको छ। उहाँको निधनले केवल परिवार मात्र नभई समाज र समग्र गोर्खा समुदायले एक अनुभवी, कर्तव्यनिष्ठ र आदरणीय व्यक्तित्व गुमाएको अनुभूति गरेको छ।
यस अपूरणीय क्षतिको घडीमा स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको एक प्रतिनिधि टोली गत- २५ अप्रिल, शनिबारका दिन बोकारखातस्थित श्री संजिब क्षेत्रीज्यूको निवासमा पुगेर उपस्थित भएको थियो।

उक्त प्रतिनिधि टोलीमा आग्सू मूल सचिव श्रीमान नुमल क्षेत्रीज्यू कोे गरिमामय उपस्थिति रहेको थियो। केन्द्रीय समितिका आई.टि. सेल सचिव श्री किरण खड्काज्यू संगै गोलाघाट तथा नगाँउ जिल्लाका आग्सू कार्यकर्ताको उपस्थितिले उक्त समवेदना सभा अझैं बलियो बन्यो। टोलीले शोकसन्तप्त परिवारजनसँग भेटघाट गर्दै गहिरो दुःख व्यक्त गर्नुका साथै आग्सूकोे तर्फबाट हार्दिक समवेदना प्रकट गर्यो।

उपस्थित प्रतिनिधिहरूले स्वर्गीय श्री कुल बहादुर क्षेत्रीज्यूको जीवनयात्रा, उहाँको सरल स्वभाव, समाजप्रतिको योगदान, सफल व्यवसायी जिवनको कथा तथा पारिवारिक जिम्मेवारीप्रतिको समर्पणको स्मरण गरेका थिए। उहाँको जीवनले समाजमा सकारात्मक सन्देश छोडेको र उहाँ सधैं सम्मानका पात्र रहने कुरा पनि व्यक्त गरिएको थियो।

भेटघाट तथा समवेदना कार्यक्रम अत्यन्त भावुक, शान्त र श्रद्धामय वातावरणमा सम्पन्न भयो। यस कार्यक्रमले अखिल असम गोर्खा छात्र संघ र संघमा कार्यरत सदस्यबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाएको अनुभूति गरिएको छ।

अन्त्यमा, अखिल असम गोर्खा छात्र संगकोे तर्फ बाट स्वर्गीय आत्माप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिन्छ।

प्रतिवेदक: एनिशा घिमिरे, सह-सचिव, अखिल असम गोर्खा छात्र संघ, गोलाघाट जिल्ला समिति।

📤 Share this story
← First Story in Issue
Scroll to Top