All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #56
•
November 12, 2026

आग्सु चिराङ जिल्ला समितिको कार्यकारिणी सभा सम्पन्न, BTC क्षेत्रीय समितिको आगामी अधिवेशनलाई केन्द्रित गर्दै महत्त्वपूर्ण संगठनात्मक निर्णय पारित

📅 November 12, 2026
✍️ AAGSU
🕒 12:05 AM

गोरुभाषा, ७ नोभेम्बरः अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समितिको एक महत्त्वपूर्ण कार्यकारिणी सभा गत ७ नोभेम्बर २०२६, शनिबारका दिन गोरुभाषास्थित गोर्खा भवनमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिका सभापति श्री निश्चल गिरीज्यूको सभापतित्वमा आयोजित उक्त सभामा संगठनको वर्तमान गतिविधि, सांगठनिक अवस्था, भावी कार्यदिशा तथा आगामी BTC क्षेत्रीय समितिको अधिवेशन र प्रतिनिधि सभालाई केन्द्रमा राखेर विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि विस्तृत छलफल तथा विचार-विमर्श गरिएको थियो। सभाको प्रारम्भमा जिल्ला समितिका मूल-सचिव श्री कृष्ण सुबेदीज्यूले सभाको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै उपस्थित सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरूलाई संगठनात्मक छलफलमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभएको थियो।

उक्त कार्यकारिणी सभामा चिराङ जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। साथै BTC क्षेत्रीय समिति AAGSU मा चिराङ जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सचिव श्री नारायण उपाध्याय, संगठनिक सचिवद्वय श्री अमल कार्की र श्री जीवन पाठक, साहित्य सचिव श्री कृष्ण पौडेल तथा मुखपत्र सम्पादक श्री हृषिकेश अधिकारीज्यूको समेत विशेष उपस्थिति रहेको थियो। विभिन्न सांगठनिक तहका प्रतिनिधिहरूको सहभागिताले सभालाई थप महत्त्वपूर्ण बनाएको थियो।

सभाको प्रमुख छलफलको विषय आगामी BTC क्षेत्रीय समिति AAGSU को अधिवेशन तथा प्रतिनिधि सभा रहेको थियो। उक्त अधिवेशनलाई ध्यानमा राख्दै क्षेत्रीय समितिमा चिराङ जिल्लाको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने, योग्य तथा सक्रिय नेतृत्वलाई अघि बढाउने र संगठनको सांगठनिक भूमिकालाई थप सशक्त बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। यसै क्रममा वर्तमान BTC क्षेत्रीय समिति AAGSU का साहित्य सचिव श्री कृष्ण पौडेलज्यूलाई आगामी BTC क्षेत्रीय समितिको मूल-सचिव पदमा उम्मेदवारी प्रस्तुत गर्न चिराङ जिल्ला समितिको तर्फबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित गरिएको थियो। साथै आगामी बृहत् कार्यकारिणी सभामार्फत क्षेत्रीय समितिका अन्य पदहरूमा चिराङ जिल्लाबाट कस-कसलाई प्रतिनिधित्व गराउने भन्ने विषयमा समेत आवश्यक सरसल्लाह तथा विचार-विमर्श गरिएको थियो।

यसैगरी सभामा संगठनका वर्तमान गतिविधि, सांगठनिक अवस्था, विभिन्न तहका समितिहरूको कार्यसम्पादन, कार्यकर्ताहरूको जिम्मेवारी तथा संगठनात्मक सक्रियता अभिवृद्धि गर्ने विषयमा पनि गम्भीरतापूर्वक छलफल गरिएको थियो। संगठनलाई अझ व्यवस्थित, सुदृढ, सक्रिय र प्रभावकारी बनाउँदै तल्लो तहसम्म संगठनको पहुँच विस्तार गर्ने उद्देश्यले उपस्थित पदाधिकारी तथा कार्यकर्ताहरूले आ-आफ्ना विचार, अनुभव र रचनात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो। विभिन्न समिति तथा कार्यकर्ताहरूबीच आपसी समन्वय, सहकार्य र सामूहिक जिम्मेवारीको भावना विकास गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिइएको थियो।

त्यसैगरी आगामी BTC क्षेत्रीय समिति AAGSU को अधिवेशन तथा प्रतिनिधि सभालाई सफलतापूर्वक सम्पन्न गराउन चिराङ जिल्ला समितिको तर्फबाट पूर्ण सहयोग, समन्वय र सक्रिय सहभागिता जनाउने विषयमा सामूहिक सहमति कायम गरिएको थियो। उक्त अधिवेशनलाई व्यवस्थित र सफल बनाउन जिल्ला समितिले आफ्नो सांगठनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

सभाको अन्त्यमा संगठनको एकता, अनुशासन, आपसी समन्वय र सामूहिक जिम्मेवारीलाई आत्मसात् गर्दै आगामी सांगठनिक यात्रालाई अझ सशक्त र गतिशील बनाउने संकल्प व्यक्त गरिएको थियो। जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव र सामूहिक प्रतिबद्धताका साथ आग्सु चिराङ जिल्ला समितिको उक्त कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रतिवेदक : कृष्ण सुबेदी-मूल-सचिव-चिराङ जिल्ला समिति

📤 Share this story
Scroll to Top