All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

आग्सु कार्बि आंलङ जिल्ला समितिद्वारा केन्द्रीय पदाधिकारीहरूको भव्य स्वागत

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:05 AM

कार्बि आंलङ, २४ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १८औँ केन्द्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरूलाई गृह जिल्ला आगमनको अवसरमा आग्सु कार्बि आंलङ जिल्ला समितिले भव्य तथा हार्दिक स्वागत गरेको छ।

केन्द्रीय समितिको उप-सभापतिमा निर्वाचित खगेन्द्र थापा, सचिवमा निर्वाचित महेश शर्मा तथा कार्यकारिणी सदस्यमा निर्वाचित लखि लिम्बुलाई कार्बि आंलङ तथा पश्चिम कार्बि आंलङको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुगेकोमा जिल्ला समितिले गौरव व्यक्त गरेको छ। गृह जिल्ला आगमनका क्रममा जिल्ला समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले खादा ओढाई सम्मान गर्दै हार्दिक स्वागत गरेका थिए।

यस अवसरमा जिल्ला समितिले नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वमा आग्सुले विद्यार्थी समुदाय, गोर्खा समाज तथा संगठनको उद्देश्य र सिद्धान्तलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

जिल्ला समितिले केन्द्रीय नेतृत्वमा निर्वाचित प्रतिनिधिहरूले शिक्षा, विद्यार्थी अधिकार, सामाजिक उत्थान, गोर्खा समुदायको पहिचान तथा संगठनात्मक एकतालाई सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।

साथै, कार्बि आंलङ र पश्चिम कार्बि आंलङबाट केन्द्रीय समितिमा प्रतिनिधित्व प्राप्त हुनु सम्पूर्ण जिल्लावासी गोर्खा समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा जिल्ला र केन्द्रीय समितिबीच अझ प्रभावकारी समन्वय कायम रहने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक : नारायण क्षेत्री, सभापति, कार्बि आंलङ जिल्ला समिति ।

📤 Share this story
Scroll to Top