
तिनसुकिया, 18 मार्च 2026 : अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत केटेटङ–पावाई वनगाउँ आञ्चलिक समितिको अष्टम द्वि–वार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। आञ्चलिक समितिका सभापति पर्वत राईको सभापतित्वमा आयोजित प्रतिनिधि सभामा जिल्ला समितिबाट पर्यवेक्षकका रूपमा जिल्ला सांगठनिक सचिव जतन प्रधान, शंकर जैसी, दल लिम्बू, शिक्षा सचिव खेम बहादुर छेत्री, सह सांस्कृतिक सचिव मुकेश विश्वकर्मा तथा सक्रिय सदस्य दिलीप छेत्रीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा अतिथिका रूपमा जिल्ला समितिका सभापति अशोक कुमार लामा, उप–सभापति देव गुरुङ, मूल-सचिव शेखर गुरुङ, सचिव गोपी छेत्री, प्रचार सचिव अरुण छेत्री, मुखपत्र सचिव शान्ता तामाङ, साहित्य सचिव तेन्जिङ तामाङ लगायत अन्य गण्यमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिनिधि सभाले सर्वसम्मत रूपमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार सभापतिमा पर्वत राई तथा मूल–सचिवमा हेम कुमार भुजेल चयन भएका छन्। यससँगै एक सशक्त र दर्बिलो आञ्चलिक समिति गठन गरिएको छ।
कार्यक्रमकै क्रममा जिल्ला सांगठनिक सचिव शंकर जैसीको अगुवाइमा नवगठित आञ्चलिक समितिका पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
सभाको अन्त्यमा नवगठित आञ्चलिक समितिका सभापति पर्वत राई र मूल–सचिव हेम कुमार भुजेलले आफ्ना संक्षिप्त मन्तव्य राख्दै संगठनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसपछि मुख्य पर्यवेक्षक जतन प्रधानले अन्तिम मन्तव्य व्यक्त गरेसँगै सभा औपचारिक रूपमा समापन भएको थियो।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) ,तिनसुकिया जिल्ला समिति ।