
माकुम, २२ जुलाई: अखिल असम गोर्खा छात्र संघ (AAGSU) माकुम आञ्चलिक समितिले संघका पूर्व माकुम आञ्चलिक सभापति तथा पूर्व तीनसुकिया जिल्ला सभापति अशोक कुमार लामा केन्द्रीय समितिको साङ्गठनिक सचिव पदमा नियुक्त भएको अवसरमा सम्मान तथा हार्दिक बधाई ज्ञापन गरेको छ।
समितिले जारी गरेको शुभकामना सन्देशमा लामो समयदेखि गोर्खा समुदायको हक, हित, पहिचान तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। उहाँको नेतृत्व, इमानदारी, समर्पण र सेवाभाव सम्पूर्ण AAGSU परिवारका लागि प्रेरणाको स्रोत रहेको पनि बताइएको छ।
माकुम आञ्चलिक समितिले उहाँको नयाँ जिम्मेवारी सफल रहोस्, गोर्खा समाजको सर्वाङ्गीण विकास तथा संगठनको सुदृढीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि उहाँको नेतृत्वमा संगठन थप सशक्त र गतिशील बन्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा माकुम आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूले अशोक कुमार लामालाई सम्मानपत्र प्रदान गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
प्रतिवेदन : मिलन अधिकारी, सभापति माकुम आञ्चलिक समिति