
अखिल असम गोर्खा छात्र संघ (आग्सु) माकुम आञ्चलिक समिति, गोर्खा नारी परिषद् माकुम आञ्चलिक समिति, अन्तर्गतका सम्पूर्ण शाखा समितिहरू तथा माकुमवासी जनसमुदायको सहयोगमा शिवसागर जिल्लाको बिहुबर नेपाली खुटी क्षेत्रमा बाढीपीडित परिवारहरूलाई केही मात्रामा राहत सामग्री वितरण गरिएको छ।
२८ जुलाई २०२६ का दिन आग्सु माकुम आञ्चलिक समितिको एक प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै पीडित परिवारहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएको थियो। सोही अवसरमा टोलीले आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गर्दै बाढीपीडित जनताको साथमा उभिएको थियो।
उक्त कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य–सदस्याहरू तथा स्थानीय समाजका धेरै स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। विपद्को कठिन समयमा गरिएको यस मानवीय सेवाको स्थानीय बासिन्दाहरूले हार्दिक प्रशंसा गरेका छन्।
प्रतिवेदन : मिलन अधिकारी-सभापति, माकुम आञ्चलिक समिति