All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

अखिल असम गोर्खा छात्र संघ बाघमरा आञ्चलिक समितिद्वारा परीक्षा अभिमुखी विद्यार्थीहरूलाई घरदैलोमा पुगेर शुभकामना

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:06 AM

बाघमारा, १० फेब्रुवारी: अखिल असम गोर्खा छात्र संघ (AAGSU) बाघमरा आञ्चलिक समितिले आगामी २०२६ सालको उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको वासगृहमा घरदैलो कार्यक्रममार्फत शुभकामना प्रदान गरेको छ।

बाघमरा आञ्चलिक समिति विगतदेखि नै शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।आर्थिक अभाव,सामाजिक तथा भौगोलिक असुविधाका कारण शिक्षा ग्रहण गर्न नसक्ने छात्र–छात्राहरूका लागि विभिन्न व्यक्तिगत प्रतिष्ठानहरूसँग सहकार्य गरी निःशुल्क अध्ययनको व्यवस्था गर्दै आएको उल्लेखनीय योगदान सबैको सामु स्पष्ट देखिन्छ। यससँगै नेपाली भाषाको संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै छात्र–छात्राहरूलाई आफ्नै मातृभाषाको अध्ययनतर्फ प्रेरित गर्दै आएको छ, सको सकारात्मक परिणाम निरन्तर देखिँदै आएको छ।

यसै शैक्षिक अभियानको निरन्तरता स्वरूप प्रत्येक वर्ष उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको वासगृहमा पुगेर उनीहरूको अध्ययन अवस्थाबारे जानकारी लिँदै हौसला,प्रेरणा र आत्मबल प्रदान गर्ने कार्य गर्दै आएको छ।

यस वर्ष २०२६ को परीक्षा दिने विद्यार्थीहरूलाई शुभकामना तथा मनोबल प्रदान गर्न बाघमरा आञ्चलिक समिति अन्तर्गत रहेका विभिन्न शाखा समितिहरू—निज बाघमरी,डेकापथार, काठनिबारी,कुहियारबारी, तिनिसुटी र मोनाबारी गाउँ शाखा समितिहरूले पनि सक्रिय सहभागिता जनाउँदै कार्यक्रमलाई सुन्दर र प्रभावकारी रूपमा सम्पन्न गरेका छन्।

अखिल असम गोर्खा छात्र संघ बाघमरा आञ्चलिक समितिकोे यो पहलले विद्यार्थीहरूमा थप आत्मविश्वास बढाउनुका साथै शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिवेदक: हृत्तिक शर्मा -मूल सचिव, बाघमारा आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top