All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

बामुनजुली आञ्चलिक समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:06 AM

बामुनजुली, २२ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिको बर्धित कार्यकारिणी सभा मंगलबार सम्पन्न भएको छ। आञ्चलिक समितिको आयोजनामा सम्पन्न सभामा संगठनका विभिन्न सांगठनिक गतिविधि, आगामी तिहार समारोह तथा संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

सभाका क्रममा अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक अधिवेशनबाट जिल्ला समितिको मूलसचिव पदमा निर्वाचित रूपम आत्रेय, मुखपत्र सचिव पदमा निर्वाचित पदम राउत तथा कार्यकारिणी सदस्यमा निर्वाचित मनीष लिम्बूलाई बामुनजुली आञ्चलिक समितिको तर्फबाट विशेष बधाई, शुभेच्छा तथा सम्मान व्यक्त गरिएको थियो।

सभामा संगठनको वर्तमान अवस्था, आगामी कार्ययोजना तथा विभिन्न शाखा समितिहरूको सक्रियताका विषयमा समेत गहन छलफल गरिएको थियो। संगठनका गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउँदै लैजान आवश्यक रणनीति तथा आगामी कार्यक्रमका विषयमा सहभागीहरूले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

साथै, आगामी तिहार समारोहलाई व्यवस्थित तथा सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी, जिम्मेवारी बाँडफाँड र समन्वयका विषयमा पनि छलफल गरिएको थियो।

सभाले आगामी दिनमा संगठनका गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै सदस्यहरूबीच आपसी एकता, सहकार्य, अनुशासन र जिम्मेवारीबोधलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। সংগठनलाई तल्लो तहसम्म थप सक्रिय बनाउँदै विद्यार्थी तथा युवाहरूको हितमा निरन्तर कार्य गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।

प्रतिवेदक : श्री भानु लामा, मूल सचिव, बामुनजुली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top