All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

भट्टदेव विश्वविद्यालयको २०२५ वर्षको विश्वविद्यालय सप्ताहको समापन समारोह

पाठशाला, 01 मार्च: भट्टदेव विश्वविद्यालयको २०२५ वर्षको विश्वविद्यालय सप्ताहको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा आमन्त्रित अतिथिका रूपमा असम गोर्खा छात्र संघका सम्माननीय सभापति श्रीमान् सुनील छेत्री ज्यूको गरिमामय उपस्थिति कार्यक्रमको शोभा बढायो।
कार्यक्रमका निर्दिष्ट वक्ताको रूपमा अखिल असम छात्र संघका माननीय अध्यक्ष श्री उत्पल शर्मा ज्यूको ओजस्वी र प्रेरणादायी सम्बोधनले उपस्थित सबैलाई प्रेरित गर्दै वातावरणमा उत्साह र ऊर्जा भर्ने कार्य गर्यो।

सभामा सम्माननीय सभापति सुनील छेत्री ज्यूले छात्र – छात्राहरुलाई उद्देश्य गरेर परामर्शमुलक वक्तव्य राख्नुको साथै उपकुलपति प्राध्यापक धनपति डेका ज्यूको दूरदर्शी नेतृत्वमा भट्टदेव विश्वविद्यालय असमको शिक्षाक्षेत्रमा एक उज्ज्वल नक्षत्रका रूपमा स्थापित भई ज्ञान, अनुसन्धान, र नवाचारको केन्द्रका रूपमा निरन्तर प्रगति गरिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभयो। असमको कुनै पनि विश्वविद्यालयको विश्वविद्यालय सप्ताहमा अखिल असम गोर्खा छात्र संघका सभापतिको यो पहिलो उपस्थिति हो। अखिल असम गोर्खा छात्र संघका लागि यो राम्रो सांगठनिक उपलब्धि हो।

Scroll to Top