All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

डिमाकुचि आञ्चलिक अन्तर्गत भाटेढिकुरा शाखा समितिको नयाँ समिति गठन।

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:07 AM

डिमाकुची, १८ मे, २०२६: अखिल असम गोर्खा छात्र संघ, डिमाकुची आञ्चलिक समितिअन्तर्गत भाटेढिकुरा शाखा समितिको नयाँ समिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई थप सशक्त, व्यवस्थित तथा विद्यार्थी र समाजमुखी गतिविधिहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो।

गठन प्रक्रियाअनुसार भाटेढिकुरा शाखा समितिको सभापतिमा श्रीमान ख्याम बाहादुर मिजार तथा मूल सचिवमा श्रीमान बिर्ख बाहादुर मिजार चयन हुनुभएको छ। नवगठित समितिले आगामी दिनहरूमा संगठनका उद्देश्य तथा सिद्धान्तलाई आत्मसात गर्दै विद्यार्थी, समाज तथा जातीय हितका विभिन्न क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, डिमाकुची आञ्चलिक समितिका सभापति श्रीमान बिनोद लम्साल ज्यू, उपसभापति श्रीमान शिव अधिकारी ज्यू, सांगठनिक सचिव श्रीमान धर्मानन्द फुऐल ज्यू, शुक्लाई शाखा समितिका मूल सचिव श्रीमान अरुण निरौला ज्यू, भाटेढिकुरा शाखा समितिका प्राक्तन सभापति श्रीमान एम कुमार मिजार ज्यू लगायत आञ्चलिक तथा शाखा तहका नेतृत्ववर्गको गरिमामय उपस्थिति रहेको थियो। साथै स्थानीय गाउँका बुद्धिजीवी, समाजसेवी तथा ज्येष्ठ व्यक्तिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा वक्ताहरूले संगठनलाई अझ गतिशील बनाउँदै विद्यार्थीका अधिकार, शिक्षा, सामाजिक चेतना तथा जातीय पहिचान र उन्नयनका सवालहरूमा संगठनको भूमिका अझ सशक्त हुनुपर्ने कुरामा जोड दिएका थिए। साथै, नयाँ नेतृत्वलाई संगठनप्रतिको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै समाज र विद्यार्थी समुदायको हितमा सक्रियतापूर्वक कार्य गर्न सुझावसमेत दिइएको थियो।

कार्यक्रमको अन्त्यमा नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै संगठनको मर्यादा, उद्देश्य र आदर्शलाई आत्मसात गर्दै विद्यार्थी, समाज तथा जातीय हितका पक्षमा निरन्तर समर्पित रहन शुभेच्छा व्यक्त गरिएको छ।

📤 Share this story
Scroll to Top