All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #13
January 15, 2026

अखिल असम गोर्खा छात्र संघ, बि. टि.सि. क्षेत्रीय समिति द्वारा आयोजित विशेष मेरिट परीक्षा–२०२६ सफलतापूर्वक सम्पन्न

📅 January 15, 2026
✍️ AAGSU
🕒 12:01 AM

बि.टि.सि., ११ जनवरी: अखिल असम गोर्खा छात्र संघ (AAGSU), बि.टि.सि. क्षेत्रीय समितिको आयोजनामा विशेष मेरिट परीक्षा–२०२६ मिति ११ जनवरी २०२६ (आइतबार) बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। HSLC 2026 मा सहभागी हुन गइरहेका छात्र–छात्राहरूलाई लक्षित गरी आयोजना गरिएको यस परीक्षाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आत्म–मूल्यांकन गर्ने अवसर प्रदान गर्नु, परीक्षा प्रतिको भयभाव हटाउनु तथा आगामी बोर्ड परीक्षा सम्बन्धी स्पष्ट धारणा विकास गराउनु रहेको थियो।
अंग्रेजी, गणित र विज्ञान विषय समेटिएको यस परीक्षा कुल १०० पूर्णाङ्कको रहेको थियो। प्रत्येक विषयबाट २०–२० नम्बर गरी ६० नम्बरका objective type प्रश्नहरूका लागि OMR sheet को व्यवस्था गरिएको थियो भने बाँकी ४० नम्बरका descriptive प्रश्नहरू तीनै विषयबाट समावेश गरिएको थियो। परीक्षा पूर्ण रूपमा गोपनीय, अनुशासित र पारदर्शी ढङ्गले सञ्चालन गरिएको थियो।
विशेष मेरिट परीक्षा–२०२६ बि.टि.सि. क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहालको समग्र नेतृत्व, मूल–सचिव राजु सुबेदीको प्रशासनिक समन्वय तथा शिक्षा सचिव शंकर राईको शैक्षिक मार्गदर्शनमा सञ्चालन गरिएको थियो। उक्त परीक्षा कोकराझार,चिराङ, बाक्सा, तमुलपुर तथा उदालगुरी जिल्लाअन्तर्गतका विभिन्न आञ्चलिक क्षेत्रहरूमा सम्पन्न भएको हो। जम्मा ३१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको यस परीक्षामा कुल १,५८१ आवेदनकर्तामध्ये १,०२९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।


कोकराझार जिल्ला अन्तर्गत पटगाउँ उच्च माध्यमिक विद्यालयमा आयोजित परीक्षा केन्द्रमा आञ्चलिक सभापति रोहन सिंह बरैली र निरीक्षक कोकराझार जिल्ला समितिका मूल–सचिव सेबास्टियन रात्नेको निगरानीमा ३५ मध्ये २६ विद्यार्थी उपस्थित रहे। अथियाबारी एम.ई. स्कूलमा आञ्चलिक सभापति पवन सुबेदी र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका कार्यालय सचिव किरण पौडेलको व्यवस्थापनमा २० मध्ये १५ विद्यार्थी सहभागी भए। सरलपारा एम.ई. स्कूलमा आञ्चलिक सभापति कृष्णा क्षेत्री तथा निरीक्षक कोकराझार जिल्ला समितिका सचिव गर्जमान घले र उप सभापति राज तामाङको जिम्मेवारीमा ६९ मध्ये ५४ विद्यार्थी उपस्थित रहे। उल्टापानी उच्च माध्यमिक विद्यालयमा आञ्चलिक सभापति रोबिन मगर र निरीक्षक कोकराझार जिल्ला समितिका उप सभापति नीराज सुबेदीको संयोजनमा ३० मध्ये ३० विद्यार्थी अर्थात् शतप्रतिशत उपस्थिति दर्ता भयो। कुमगुरी एल.पी. स्कूलमा आञ्चलिक सभापति गणेश शर्मा र निरीक्षक बि.टि.सि. क्षेत्रीय समितिका मुखपत्र सचिव हृषिकेश अधिकारी तथा सचिव नारायण उपाध्यायको जिम्मेवारीमा ३२ मध्ये ३२ विद्यार्थी उपस्थित रहे। सुनकोश (शिमुलटापु शंकर आजान जातीय विद्यालय) मा आञ्चलिक सभापति सुरज दाहाल र निरीक्षक कोकराझार जिल्ला समितिका सभापति आइता सिंह तामाङ रहेका थिए भने परबतझोरा (चाइघन्टा एल.पी. स्कूल) मा आञ्चलिक सभापति राजकुमार क्षेत्री र निरीक्षक कोकराझार जिल्ला समितिका प्रचार सचिव राजेन क्षेत्री रहेक
चिराङ जिल्लामा कोइलामोइला सापकोटा एल.पी. स्कूल (हिमाली) मा आञ्चलिक सभापति ईश्वर दाहाल र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका उप सभापति प्रकाश क्षेत्रीको व्यवस्थापनमा ४९ मध्ये ४९ विद्यार्थी उपस्थित रहे। शान्तिपुर उच्च विद्यालय (सुनागाभा) मा आञ्चलिक सभापति नविन थापा र निरीक्षक बि.टि.सि. क्षेत्रीय समितिका साहित्य सचिव कृष्ण पौडेल तथा मंगलागाउँ गोर्खा भवन (काजलगाउँ) मा आञ्चलिक सभापति अजय क्षेत्री र निरीक्षक बि.टि.सि. क्षेत्रीय समितिका सांगठनिक सचिव जीवन पाठकको जिम्मेवारीमा परीक्षा सम्पन्न भयो।


बाक्सा जिल्लामा इन्द्रलाल पाठक गर्ल्स हाई स्कूल, बास्कामा आञ्चलिक सभापति धर्म भण्डारी र निरीक्षक सर्वानन्द भण्डारी तथा गोपाल मगर, पञ्चमी हिमाली उच्च विद्यालयमा आञ्चलिक सभापति जीवन गौतम र निरीक्षक बाक्सा जिल्ला समिति शिक्षा सचिव पुष्पा भट्टराई, आइडियल इंग्लिस स्कूल (मनाश) मा आञ्चलिक सभापति सुरज मिराज र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका सचिव जीत क्षेत्री, सुबनखाटा उच्च विद्यालयमा आञ्चलिक सभापति हेमराज सापकोटा र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका प्रचार सचिव विजय गौतम, पागलडियारपार एम.ई. स्कूल (मध्य बास्का) मा आञ्चलिक सभापति केशव पाठक र निरीक्षक स्वयंसेवी दस्ता प्रमुख जगन दुलालको सक्रिय भूमिका रहेको थियो।
तमुलपुर जिल्लामा आदर्श विद्यालय (नागरीजुली) मा आञ्चलिक सभापति रवि शंकर उप्रेती र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका सचिव नेत्र उपाध्याय, बंगालीपारा उच्च विद्यालय (डेफेली) मा आञ्चलिक सभापति विशाल मैनाली र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका उप सभापति प्रताप मगर, हाउली खुति एम.ई. स्कूल (तमुलपुर) मा आञ्चलिक सभापति नारायण गौतम र निरीक्षक तामुलपुर जिल्ला समितिका शिक्षा सचिव अमिफ बजगाई, पब कुमरिकाटा/खैरानी उच्च विद्यालयमा आञ्चलिक सभापति शेखर क्षेत्री र निरीक्षक बि.टि.आर. क्षेत्रीय समितिका कार्यालय सचिव राजु लाम्साल रहेका थिए।


उदालगुरी जिल्लामा नेहरू मेमोरियल उच्च विद्यालय (डिमाकुची) मा आञ्चलिक सभापति अञ्जन कटुवाल र निरीक्षक जिल्ला समितिका सचिव ब्रह्म उपाध्याय, खौराङ उच्च विद्यालयमा आञ्चलिक सभापति वीर बहादुर क्षेत्री र निरीक्षक क्षेत्रीय समितिका उप सभापति पूर्ण बिष्ट, कुकुराकाटा एम.ई. स्कूल (ताङ्ला) मा आञ्चलिक सभापति सुरज कार्की र निरीक्षक जिल्ला उप सभापति सञ्जीव चौहान रहेका थिए। साथै बामुनझुली, बन्दरगुरी, ओराङ, रोव्टा, उदालगुरी (जेनिथ एकेडेमी), दानसिरिघाट, हरिसिंगा, खुसुराबारी तथा माजबाट केन्द्रहरूमा क्रमशः आञ्चलिक सभापति रतन शर्मा, किरण अधिकारी, रुपम ढकाल, राजीव शर्मा, तेज बहादुर कार्की, जीवन क्षेत्री, दीपक विश्वकर्मा, समीर थापा र कुशल क्षेत्री तथा निरीक्षक क्रमशः क्षेत्रीय समितिका सचिव सुदर्शन भुसाल, जिल्ला उप सभापति सञ्जीव खतिवडा, जिल्ला प्रचार सचिव नव शर्मा, जिल्ला सांगठनिक सचिवद्वय पवन खनाल र सञ्जीव दाहाल, उप सभापति किरण सिंगदेल, जिल्ला सांगठनिक सचिव सागर खड्का तथा बि.टि.आर. क्षेत्रीय समितिका सांस्कृतिक सचिव हेमन्त छेत्रीको सक्रियतामा परीक्षा निष्पक्ष रूपमा सम्पन्न भएको थियो।
समग्रमा, विशेष मेरिट परीक्षा–२०२६ गोर्खा समाजका विद्यार्थीहरूको शैक्षिक सशक्तीकरणतर्फ अखिल असम गोर्खा छात्र संघको एक महत्वपूर्ण र सराहनीय पहलका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। आग्सु, बि.टि.सि. क्षेत्रीय समितिले परीक्षा सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण केन्द्र सभापति, बाह्य निरीक्षक, शिक्षक, स्वयंसेवक, अभिभावक तथा सहभागी विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
प्रतिवेदन: किरण पौडेल-कार्यालय सचिव,बि.टि.आर. क्षेत्रीय समिति, आग्सु ।

📤 Share this story
← First Story in Issue
Scroll to Top