All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #20
March 5, 2026

केन्द्रीय कार्यकारिणी तथा बर्धित कार्यकारिणी सभामा विधान सभा निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय

📅 March 5, 2026
✍️ AAGSU
🕒 12:01 AM

गुवाहाटी, १ मार्च : अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिको दुईदिने महत्वपूर्ण बैठक श्रृङ्खला अन्तर्गत गत २८ फेब्रुअरी २०२६ का दिन केन्द्रीय कार्यकारिणी सभा तथा आज १ मार्च २०२६ का दिन बर्धित कार्यकारिणी सभा गुवाहाटीस्थित नेपाली मन्दिर, पल्टन बजारमा अवस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। संगठनिक गतिविधि, केन्द्रीय अधिवेशनको तयारी, समसामयिक विषयहरू तथा आगामी असम विधान सभा निर्वाचनलाई केन्द्रमा राख्दै विस्तृत छलफल भएको जनाइएको छ।

२८ फेब्रुअरीका दिन सम्पन्न केन्द्रीय कार्यकारिणी सभामा संगठनको हालसम्मको गतिविधिको समिक्षा, विभिन्न जिल्ला समितिहरूबाट प्राप्त प्रतिवेदनमाथि गहन छलफल तथा केन्द्रीय अधिवेशनसम्बन्धी तयारीबारे विमर्श गरिएको थियो। संगठनलाई अझ सुदृढ, गतिशील र प्रभावकारी बनाउने विषयमा कार्ययोजना निर्माण गर्दै विद्यार्थी हकहित, शैक्षिक समस्या र सामाजिक पहिचानका सवालहरूलाई प्राथमिकताका साथ उठाइएको थियो।

आज १ मार्च २०२६ मा सम्पन्न बर्धित कार्यकारिणी सभामा केन्द्रीय कार्यकारिणी सदस्यहरूसँगै विभिन्न जिल्ला तथा आंचलिक समितिका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। सभामा समसामयिक राजनीतिक परिस्थिति, असमबासी गोर्खा जनमानसको अवस्था तथा आगामी विधान सभा निर्वाचनमा संगठनको भूमिकाबारे दुई दिनसम्म विस्तृत सल्लाह–मशविरा गरिएको थियो।

छलफलका क्रममा असममा बसोबास गर्ने गोर्खा समुदायको राजनीतिक प्रतिनिधित्वलाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। सोही सन्दर्भमा आगामी विधान सभा निर्वाचनमा गोर्खा उम्मेदवारहरूलाई खुला रूपमा समर्थन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। साथै कुनै विधान सभा क्षेत्रमा एक जाना भन्द बढि उम्मेदवार भएमा सन्मधित आञ्चलिक तथा जिला समितिसंग आलोचना मार्फत केन्द्रीय समितिले सिद्धांत लिनेछ ।सभामा धेरैभन्दा धेरै गोर्खा उम्मेदवारहरूलाई विधान सभामा निर्वाचित गराउने उद्देश्यले कुनै पनि प्रकारको संगठनिक बाधा नरहोस् भन्ने हेतुले उक्त प्रस्ताव ल्याइएको स्पष्ट पारिएको छ।

सभामा सहभागी प्रतिनिधिहरूले गोर्खा समुदायको हक, अधिकार र पहिचानको सवाललाई सशक्त बनाउन राजनीतिक उपस्थितिको आवश्यकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। संगठनले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई मनन गर्दै असमबासी गोर्खा जनताको पक्षमा स्पष्ट, सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

दुवै दिनको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। बैठकले संगठनलाई आगामी दिनमा अझ सुदृढ, एकताबद्ध र लक्ष्यकेन्द्रित रूपमा अघि बढाउने स्पष्ट मार्गचित्र तयार गरेको निष्कर्ष निकालिएको छ।

📤 Share this story
← First Story in Issue
Scroll to Top