All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #18
February 19, 2026

माकुममा मारूनी नृत्य प्रस्तुत गर्ने चेलीहरूलाई मान–पत्र वितरण

📅 February 19, 2026
✍️ AAGSU
🕒 12:06 AM

अखिल असम गोर्खा छात्र संघ माकुम आञ्चलिक समितिको उद्योग तथा गोर्खा नारी परिषद माकुम आञ्चलिक समिति र गोर्खा नारी परिषद सुन्दर नगर शाखा समितिको सहयोगमा डिब्रुगढ जिल्ला अन्तर्गत राजगढमा सम्पन्न भएको गोर्खा सांस्कृतिक महोत्सवमा माकुम अञ्चलका चेलीहरूले आकर्षक रूपमा मारूनी नृत्य प्रस्तुत गरेका थिए।
उक्त महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो कला र संस्कृतिको उजागर गरेका चेलीहरूलाई गोर्खा उन्यान परिषदले सम्मानस्वरूप मान–पत्र प्रदान गरेको थियो।
यसै क्रममा आज माकुमको सुन्दर नगरमा आयोजित एक विशेष कार्यक्रममार्फत पुनः ती मारूनी नृत्य प्रस्तुत गर्ने चेलीहरूलाई अखिल असम गोर्खा छात्र संघ माकुम आञ्चलिक समितिको पहलमा मान–पत्र प्रदान गरिएको छ।
मान–पत्र वितरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ तीन्सुकिया जिल्ला समितिका सांगठनिक सम्पादक जतन प्रधान, माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारी, गोर्खा नारी परिषद माकुम आञ्चलिककी सभनेत्री रश्मी क्षत्री, सह–सचिव कीर्ति कुमार शर्मा लगायत आञ्चलिक समिति तथा नारी परिषद सुन्दर नगर शाखा समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले मारूनी नृत्यजस्ता परम्परागत सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताको सक्रिय सहभागिता अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यस सम्मान कार्यक्रमले माकुम अञ्चलमा सांस्कृतिक जागरण र एकताको सन्देश फैलाएको आयोजक पक्षले जनाएको छ।

प्रतिवेदन: मिलन अधिकारी- सभापति,माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top