All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

स्वर्गीय कृष्णमाया क्षेत्रीको आद्या श्राद्धमा समवेदना व्यक्त।

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:06 AM

शान्तिपुर २१ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिको टोलीले आग्सुका पूर्व शिक्षा सचिव श्री कृष्ण क्षेत्रीकी हजुरआमा स्वर्गीय कृष्णमाया क्षेत्रीको आद्या श्राद्धको अवसरमा शोकसन्तप्त परिवारसँग भेट गरी हार्दिक समवेदना व्यक्त गरेको छ।

सो अवसरमा सुनगाभा आञ्चलिक समितिका तर्फबाट शोकसन्तप्त परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, शोकको यस दुःखद घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरिएको थियो।

कार्यक्रममा बीटीआर क्षेत्रीय समिति, आग्सुका प्रतिनिधि प्रकाश क्षेत्रीको समेत उपस्थिति रहेको थियो। सुनगाभा आञ्चलिक समितिका सभापति नवीन थापा, उपसभापति दामोदर पोखरेल तथा संगठन सचिव किरण नेपाल सहभागी थिए। त्यस्तै शान्तिपुर एकाइ समितिका सभापति इन्द्र बस्नेत र शान्तिपुर गाउँ प्रमुख तिलक कटवालको पनि उपस्थिति रहेको थियो।

उपस्थित प्रतिनिधिहरूले स्वर्गीय कृष्णमाया क्षेत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरे। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै आगामी दिनमा पनि परिवारसँग साथ र सहानुभूति रहने प्रतिबद्धता व्यक्त गरे।

आग्सु सुनगाभा आञ्चलिक समितिले शोकको यस घडीमा स्वर्गीय कृष्णमाया क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। समितिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा यस दुःखद क्षणलाई सहन गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेको छ।

प्रतिवेदक: श्री नवीन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top