All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

सिलासुतीमा ५औँ दलबीर सिंह लोहार स्मृति T-10 क्रिकेट प्रतियोगिता २० फेब्रुअरीदेखि

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:06 AM

सिलासुती,१० नवेम्बर: अखिल असम गोर्खा छात्र संघ, सिलासुती आञ्चलिक समिति को आयोजनामा ५औँ दलबीर सिंह लोहार स्मृति T-10 क्रिकेट प्रतियोगिता आगामी २० फेब्रुअरी २०२६ देखि २ नं. सिली खेल मैदानमा भव्य रूपमा सञ्चालन हुने भएको छ। सात दिने खेल कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुद भावना अभिवृद्धि गर्नुका साथै स्वतन्त्रता सेनानी दलबीर सिंह लोहारको स्मृतिलाई सम्मानपूर्वक स्मरण गर्ने उद्देश्य लिएको आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद पुरस्कार रु. ३०,०००/- सहित ट्रफी प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु. १५,०००/- नगदसहित ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि प्रवेश शुल्क रु. २,५००/- निर्धारण गरिएको छ। आयोजकले बढीभन्दा बढी टोलीलाई सहभागिताका लागि आह्वान गरेको छ।
अखिल असम गोर्खा छात्र संघ, सिलासुति आञ्चलिक समितिलेसभापति अरुण खातीवाड़ा र सचिव मनुज लिम्बुकौ नेतृत्वमा विद्यार्थी तथा समाजका विविध क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आञ्चलिक समितिले यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहलाई विशेष आकर्षणका रूपमा लिइएको छ। आयोजक समितिले विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई सम्माननीय तथा विशिष्ट अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन निमन्त्रणासमेत पठाएको जनाएको छ। अतिथिहरूको बहुमूल्य उपस्थिति र मार्गदर्शनले कार्यक्रमलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
क्रिकेट प्रतियोगितामार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउनु, आपसी भाइचारा सुदृढ बनाउनु तथा खेलकुद संस्कृतिको विकास गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको सिलासुती आञ्चलिक समितिले स्पष्ट पारेको छ। विगत वर्षहरूमा सफलतापूर्वक सम्पन्न हुँदै आएको यस प्रतियोगिताले यस वर्ष पनि व्यापक जनसमर्थन र उत्साह पाउने अपेक्षा गरिएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ६०००७४८७१९, ९३९५६६२१५८ तथा ९७४०१८८९५९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। खेलप्रेमी दर्शक तथा सम्पूर्ण समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।

प्रतिवेदक: अरुण खतिवडा-सभापति,सिलासुति आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top