
कोक्राझार, बी टी आर असम : अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको १९ औं द्विवार्षिक अधिवेशन कोक्राझार जिल्ला अन्तर्गतको उल्टापानिमा भव्य रुपमा सम्पन्न हुने निधो भएको छ। अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिका सभापति मुकुन्द भट्टराईको नेतृत्वमा २ वर्षे कार्यकाल पूर्ण भएको छ।
तसर्थ उक्त १९ औं द्वि-वार्षिक अधिवेशनको निम्ति कोक्राझार जिल्ला वासी सम्पूर्ण गोर्खाली जनमानसले उक्त १९ औं द्वि — वार्षिक अधिवेशनलाई सफल र भव्य बनाउन कम्मर कसी सकेका छन्।
कोक्राझार जिल्ला समिति आग्सुको आह्वान तथा उल्टापानि – सरालपारा आञ्चलिक समिति एवं जम्मै गोर्खाली जनमानसको सक्रिय सहयोगमा एउटा विशेष सभा उल्टापानी प्राथमिक विद्यालय परिसरमा बस्दछ र उक्त सभामा आगामी १९ औं द्विवार्षिक अधिवेशनको निम्ति एउटा दर्विलो स्वागतकारिनि समिति गठन गर्दै उक्त अधिवेशनको निम्ति तयारी सुरु भएको छ।
कोक्राझार जिल्ला समिति आग्सुका सभापति मुकुन्द भट्टराईले सभा सम्बोधित गर्दै यसपालिको अधिवेशनले कोक्राझार जिल्लाका युवाहरुमा एउटा नयाँ प्रेरणाश्रोत ल्याउने छ र आगामीका दिनमा कोक्राझार जिल्ला आग्सुको धरोहर अझ मजबुत हुने छ भनी आफ्नो मन्तब्य राखेका छन्। साथै जम्मै जिल्ला वासी गोर्खाली जनमानसलाई उक्त १९ औं द्वि-वार्षिकमा सक्रिय सहयोगमा र उपस्थितिले ऐतिहासिक बनाउन आह्वान गरेका छन्।
आउँदो ३ र ४ जनवरी २०२६ दुई दिने कार्यसूचीले सम्पन्न हुने कोक्राझार जिल्ला समिति आग्सुको १९ औं द्वि-वार्षिक अधिवेशनको निम्ति स्वागतकारिनी समितिको सभापति पदमा राजेन्द्र राई ,उप सभापति:-कृष्ण कार्की,राजेन ,गुरुङ्ग ,भक्त बहादुर गुरुङ्ग,मूल-सचिव:- गम्भीर सिंह मगर ,
सह-सचिव:- जीवन गौतम,गोपाल चन्द्र लोहार,हिरण तामाङ्ग,कोषाध्यक्ष:-सूर्य कार्की,कार्यालय सचिव:- सन बहादुर मगर,स्वास्थ विभाग :-राज तामाङ्ग (मुख्य),बिहुला राई ,सुमित्रा मगर,सांस्कृतिक विभाग:-बुद्ध लामा,मणि कुमार गुरुङ्ग ,पानी विभाग:-तुलाराम गुरुङ,मंगलसिंह मगर,खाद्य विभाग:- तिल बहादुर गुरुङ्,विनोद राई ,चन्द्र बहादुर गुरुङ,निमा तामाङ,चेतनाथ कौशिक,तुलाराम मगर,सोम बहादुर मगर,छविलाल मगर ,अतिथि स्वागत/ अभ्यार्थना:-गर्जमान घले,कृष्ण छेत्री ,पवन सुवेदी ,गणेश शर्मा,मञ्च रेख देख:- गंगा प्रसाद भट्टराई,विक्रम गुरुङ्ग ,प्रचार-प्रसार /मीडिया:- भुवन पौडेल,उपेन थापा मगर,पद्म सुन्दर राई, मिलन अधिकारी ,स्मारिका प्रकाशन:-सेबास्टेन रत्ने ,हेमन पोख्रेल ,राम बहादुर लिम्बु,भुवन पौडेल ,मुख्य उपदेष्ठा:-मंगल सिंह गुरुङ्ग ,उपदेष्ठा मण्डली:- दुर्गा प्रसाद भट्टराई,बल बहादुर मगर,भीम बहादुर मगर,चुडामुनि सापकोटा ,सहायक मण्डली:- आशिष लिम्बू,नन्दलाल गुरुङ,सन्तोष पाख्रिङ,डिम्बेस्वर उपाध्याय,माधव कार्की,सुभाष राई,शहीद श्रद्धाञ्जली विवरण,चित्र संकलन:-गर्जमान घले,बुद्ध लामा,कुमार तामाङ्ग ,मीरा गुरुङ्ग,विदिशा गुरुङ्ग आदिले एउटा दर्बिलो स्वागतकारिनी समिति गठन भएको छ।
१९ औं द्वि-वार्षिक अधिवेशनलाई ऐतिहासिक बनाउन कोक्राझार जिल्ला समिति आग्सुले “दृष्टिकोण” नामक एउटा स्मारिका पनि प्रकाशन गर्ने जमर्को लिएको छ र यदि स्वलिखित कविता,लेख आदि कसैले उक्त स्मारिकामा प्रकाशित गर्न चाहेमा (kdcaagsuofficial@gmail.com) अथवा whatsapp मार्फत 9528810097 नम्बरमा प्रेरण गर्न स्मारिका प्रकाशन विभागले आह्वान गर्दछ।
प्रतिवेदन: भुवन पौडेल , पाटगाउ ।