All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #47
September 10, 2026

उदालगुरी महाविद्यालय एकाइ समितिको कार्यकारिणी सभा सम्पन्न

📅 September 10, 2026
✍️ AAGSU
🕒 12:07 AM

उदालगुरी, २ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुरी महाविद्यालय एकाइ समितिको कार्यकारिणी सभा २ सेप्टेम्बर २०२६ का दिन जिल्ला कार्यालयमा सम्पन्न भएको छ। सभाको सभापतित्व एकाइ समितिका सभापति ऋतिक छेत्रीले गर्नुभएको थियो भने सभाको उद्देश्यबारे मूल–सचिव अञ्जली देवीले प्रकाश पार्नुभएको थियो।

सभामा सांगठनिक गतिविधि तथा आगामी कार्यक्रमहरूका विषयमा विस्तृत छलफल गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो। छलफलका क्रममा आगामी ११ अक्टोबर २०२६, आइतबारका दिन प्रत्येक वर्षझैँ यस वर्ष पनि रमाइलो भेटघाट कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। अति आवश्यक परिस्थिति उत्पन्न भएमा कार्यक्रमको मिति परिवर्तन गर्न सकिने निर्णयसमेत गरिएको छ।

सभाले एकाइ समितिका प्राक्तन सभापतिहरू कालिदास छेत्री र अभिषेक छेत्री तथा प्राक्तन उपसभापति निता देवीलाई समितिको सल्लाहकारका रूपमा मनोनीत गर्ने निर्णय गरेको छ। त्यस्तै, संवैधानिक व्यवस्थाअनुसार एकाइ समितिका कुनै पनि पदाधिकारी लगातार तीनवटा कार्यकारिणी सभामा अनुपस्थित रहेमा निजलाई सम्बन्धित पदबाट खारेज गर्ने निर्णय गरिएको छ।

आगामी रमाइलो भेटघाट कार्यक्रममा एकाइ समितिका सम्पूर्ण पदाधिकारीहरूले अनिवार्य रूपमा गोर्खाली भेषभूषा पहिरनुपर्ने निर्णय पनि सभाले गरेको छ। यसैगरी, ६ सेप्टेम्बर २०२६ का दिन विभिन्न विद्यालय तथा महाविद्यालयमा पुगेर सम्बन्धित अध्यक्षहरूसँग वार्तालाप तथा समन्वय गर्नुका साथै आवश्यक सम्बर्द्धना गर्ने निर्णय गरिएको छ।

सभाको अन्त्यमा समितिको एकता, अनुशासन तथा सांगठनिक सक्रियतालाई अझ सुदृढ बनाउँदै आगामी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। त्यसपछि सभा सौहार्दपूर्ण वातावरणमा समापन भएको थियो।

प्रतिवेदक : कालिदास छेत्रीशिक्षा सचिव,बान्दरगुरी आञ्चलिक समिति

📤 Share this story
Scroll to Top