
६ सेप्टेम्बर २०२६, आइतबार:- अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति को नेतृत्वमा गोर्खा नारी परिषद तिनसुकिया जिल्ला समितिको अद्योग र आग्सु लखिपथार आञ्चलिक समितिको सहयोगमा लखिपथार गाउँ पञ्चायतको प्रेक्षागृहमा गोर्खा नारी परिषद लखिपथार आञ्चलिक समिति गठन गरिएको संग सँगै शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व गोर्खा नारी परिषद तिनसुकिया जिल्ला समितिकी सभानेत्री जिना घिमिरेले गर्नुभएको थियो भनी सभाको उद्देश्य व्याख्या आग्सु लखिपथार आञ्चलिक समितिका सभापति रोहित छेत्रीले गर्नु भएकाथिए ।
कार्यक्रममा जिल्ला समितिकी उपसभानेत्री मिना लिम्बु, गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिका मूल सचिव शंकर जैसी, उपसभापति गोपी छेत्री, सङ्गठनिक सचिव जतन प्रधान, गाउँ पञ्चायतका उपसभापति रामजी भुजेल, लखिपथार आञ्चलिक समितिका सभापति रोहित छेत्री, स्थानीय गाउँ प्रधान लगायत बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा निलम ठकुरीको सभानेत्रीत्वमा तथा बालिका छेत्रीलाई सम्पादिकाको जिम्मेवारी दिँदै 55 सदस्यीय लखिपथार आञ्चलिक गोरखा नारी परिषद समिति गठन गरिएको छ। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथसमेत ग्रहण गरेका छन्।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै महिला सशक्तीकरण, सामाजिक एकता तथा समुदायको हितमा सक्रिय भएर कार्य गर्नुपर्नेमा जोड दिएका थिए।
प्रतिवेदन :- जतन प्रधान सांगठनिक सचिव तथा IT incharge तिनसुकिया जिल्ला समिति