
गुवाहाटी, २६ अक्टोबर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU) गौहाटी विश्वविद्यालय इकाईले, गुवाहाटीका विभिन्न शिक्षण संस्थानमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको संयुक्त सहयोगमा, “नवागत स्वागत तथा रमाइलो भेटघाट” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय उप–सभापति श्री रोहित लामसाल मुख्य अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। साथै, केन्द्रीय समितिका शिक्षा–सचिव श्री टिंकु पौडेल, सह–शिक्षा–सचिव श्री तृषंकर शर्मा र कामरूप महानगर जिल्ला समितिका सभापति श्री अमित पौडेलको पनि विशिष्ट उपस्थिति रहेको थियो।
यस अवसरमा असम लोक सेवा आयोग (APSC) का अध्यक्ष तथा पूर्व आईपीएस अधिकारी श्री देबराज उपाध्याय, गोर्खा उन्नयन परिषद् (GDC) का सभापति श्री प्रेम तामाङ, सदस्य श्री राज नेवार, गौहाटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्मा र डा. जयन्त कृष्ण शर्मा, वरिष्ठ पत्रकार श्री चक्रपाणि पराशर, तथा ख्यातिप्राप्त गायिका श्रीमती सुरेखा क्षेत्री लगायतका सम्माननीय व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।
कार्यक्रममा असमका विभिन्न विश्वविद्यालय र महाविद्यालय इकाइका पदाधिकारीहरूले पनि सहभागिता जनाएका थिए, जसमा माधवदेव विश्वविद्यालय बाट सभापति आकाश दाहाल र सचिव सुमन्त रिजाल, बिश्वनाथ महाविद्यालय बाट सभापति चिराग क्षेत्री,उप-सभापति काव्यजीत क्षेत्री, मौसाम सर्मा, मन्दीप सर्मा, दिनेश दाहाल, र ऋषिराज क्षेत्री, कलियाबर विश्वविद्यालय बाट मूल-सचिव कल्याण निरोला,
तथा कटन विश्वविद्यालय का रुपाल दुलाल समेत उपस्थित हुनु भएको थियो।
कार्यक्रमले उत्साह, उमंग र सांस्कृतिक सौहार्दले भरिपूर्ण वातावरण सृजना गर्यो। नवागत विद्यार्थीहरूलाई आत्मीय स्वागत गर्दै गोर्खा एकता, पहिचान र संस्कृतिको सम्मान गर्ने भावनालाई यस कार्यक्रममा प्रोत्साहन गरिएको थियो।
कार्यक्रमको समापन धन्यवाद ज्ञापनका साथ सम्पन्न भयो, जसमा सभापति श्री शुभङ्कर काफ्ले र मूल–सचिव श्री देबाशीष छेत्रीले उपस्थित सबै अतिथिहरू, आम विद्यार्थीहरू तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो।
