All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

गोर्खा फ्रेसर्स कार्यक्रमसम्बन्धी छलफलका लागि साधारण सभा सम्पन्न

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:07 AM

बेंतल, १९ सेप्टेम्बर २०२६: बेंतल गोर्खा मनोरञ्जन क्लबमा गोर्खा फ्रेसर्स कार्यक्रमको आयोजना, तयारी तथा व्यवस्थापनसम्बन्धी आवश्यक छलफल, सरसल्लाह तथा विभिन्न विषयमा विचार–विमर्श गर्न साधारण सभा सम्पन्न भएको छ।

जीवन नेपालको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन मूल-सचिव गोपाल दर्जीले गरेका थिए। सभामा गोर्खा फ्रेसर्स कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी तथा सफल रूपमा सम्पन्न गर्न आवश्यक तयारी, व्यवस्थापन, समन्वय, सहकार्य तथा अन्य विविध विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी भएका थिए। सहभागीहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सुझाव, मार्गदर्शन तथा संगठनात्मक सहयोगका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

सभामा मुख्य अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ, चिराङ जिल्ला समितिका सभापति निश्चल गिरीको उपस्थिति रहेको थियो। त्यसैगरी सुनगाभा आञ्चलिक समितिका सभापति नबिन थापा, हिमाली आञ्चलिक समितिका मूल-सचिव शीतल काफ्ले तथा बेंतल शाखा समितिका सभापति रोहित भट्टराईलगायतको उपस्थिति रहेको थियो।

सभामा गोर्खा फ्रेसर्स कार्यक्रममार्फत गोर्खा विद्यार्थी तथा युवाबीच आपसी परिचय, एकता, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। साथै, युवाहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै सामाजिक तथा संगठनात्मक गतिविधिमा उनीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।

सभाले आगामी गोर्खा फ्रेसर्स कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य, सक्रिय सहभागिता र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदक: श्री नबिन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top