All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

गोर्खा हेरिटेज कपको फाइनलमा आग्सु सुनगाभा आञ्चलिक समितिको गरिमामय सहभागिता, टाइगर एफसी सरलपारा च्याम्पियन।

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

चिराङ, २३ जुलाई: चिराङ जिल्लाअन्तर्गत शान्तिपुर खेल मैदानमा आयोजित गोर्खा हेरिटेज कप फुटबल प्रतियोगिताको फाइनल खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हुन्छ। प्रतियोगिताको समापन समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिले गरिमामय उपस्थिति जनाउँदै कार्यक्रमको सफलतामा सक्रिय साथ र सहयोग पुर्‍याएको थियो।

समारोहमा बीटीसीका कार्यकारी सदस्य (EM) जेम्स बसुमतारी मुख्यअतिथिका रूपमा उपस्थित थिए। साथै एमसीएलए खाम्पा बोर्गोयारी, एमसीएलए नन्दलाल रानामगर , असम फुटबल एसोसिएसनका सचिव डा. संग्रङ ब्रह्मा, पूर्व एमसीएलए माधव छेत्री, आग्सुका नव-निर्वाचित खेल सचिव गणेश छेत्री, आग्सु क्षेत्रीय समितिका उपसभापति प्रकाश छेत्री तथा बीटीआर गोर्खा समाजका अध्यक्ष उत्तम प्रधान, आग्सु सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापालगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको उपाधिका लागि सम्पन्न रोमाञ्चक फाइनल खेलमा टाइगर एफसी सरलपारा र गोइबागान एफसी आमनेसामने भएका थिए। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि टाइगर एफसी सरलपाराले १–० गोल अन्तरले गोइबागान एफसीलाई पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भयो।

खेलपश्चात आयोजित पुरस्कार वितरण समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा आपसी एकता र सद्भाव अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, खेलाडी, स्वयंसेवक, दर्शक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिवेदक: श्री नवीन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Last Story in Issue →
Scroll to Top