
जोहिङ, ११ जनवरी : आज मिति ११ जनवरी २०२६, आईतबार जोहिङ बजारस्थित सार्वजनिक कार्यालयमा अखिल असम गोर्खा छात्र संघ, जोहिङ ९/६ कोइलामारी आञ्चलिक समितिको औपचारिक गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, लखीमपुर जिल्ला समितिका प्रतिनिधिहरूको गरिमामय उपस्थितिले विशेष महत्व थपेको थियो। जिल्लाका माननीय भारप्राप्त सभापति श्री सागर चेत्री, माननीय मूल–सचिव श्री राज पराजुली, शिक्षा सचिव श्री राजा चेत्री तथा सांगठनिक सचिव श्री गोविन मगरज्यूहरूको उपस्थितिमा कार्यक्रमले औपचारिकता र उत्साह दुवै प्राप्त गरेको थियो।
कार्यक्रमको उद्घाटन मन्तव्यमा प्रमुख अतिथिहरूले नवगठित समितिलाई संगठनका सिद्धान्त, गोर्खा समाजको सेवा र युवापुस्तालाई सशक्त बनाउने अभियानमा सक्रिय भई काम गर्न प्रेरित गरे। उपस्थित नेताहरूले संगठनको ऐतिहासिक महत्व, गोर्खा समुदायको शैक्षिक, सामाजिक र सांस्कृतिक विकासका लागि युवाहरूको सक्रिय भूमिका आवश्यक भएकोमा जोड दिएका थिए। उनले नवगठित समितिलाई जिम्मेवारीसहितका कार्यक्रमहरू सञ्चालन गर्दा पारदर्शिता, निष्ठा र समाजसेवा प्राथमिकतामा राख्न निर्देशन दिएका थिए।
उक्त कार्यक्रममा चयनित नयाँ समितिमा राहुल तामाङ सभापति, नन्दनलाल क्षेत्री, किरण क्षेत्री, राज कुमार तामाङ, अर्जुन क्षेत्री उप–सभापति र निलराज गुरुङ मूल सचिव, पूर्ण बहादुर तामाङ, राकेश लिम्बु, मनोज चेत्री, अंकिता क्षत्री र ज्योति क्षेत्री सदस्य–सचिव, बिरेन्द्र तामाङ संगठन सचिव, बद्री माया तामाङ र ओम क्षत्री सह–संगठन सचिव, गणेश शर्मा, सागर देवान र मनीषा क्षेत्री प्रचार सचिव, युक्ता चेत्री शिक्षा सचिव, गीत गुरुङ र कविता चेत्री सह–शिक्षा सचिव, प्रियांका लिम्बु र प्रेति लिम्बु सञ्चिका सचिव, रचना लिम्बु सांस्कृतिक सचिव, बीना तामाङ र सोनिया तामाङ सह–सांस्कृतिक सचिव, युवन्ती शर्मा र कृष्णा क्षेत्री कार्यालय सचिव, राहुल तामाङ, सचिन क्षेत्री र प्रशान्त विश्वकर्मा स्वयंसेवक प्रमुख, राहुल तामाङ, बिकास शाहि र सुमन तामाङ खेलकुद सचिव, बिनोद तामाङ कोषाध्यक्ष, राजेश तामाङ सूचना–प्रविधि सचिव र सुरज पराजुली, नीरज शर्मा, उदय तामाङ, दिपु तामाङ, प्रकाश तामाङ, रन्जु क्षेत्री, अर्पित क्षेत्री, चन्दन क्षेत्री, चन्दन तामाङ, सुभाष गुरुङ, लखन क्षेत्री र तेजेन्द्र क्षेत्री कार्यकारी सदस्यको रूपमा जिम्मेवारी सम्हालेका छन्।
कार्यक्रममा उपस्थित नेताहरूले नवगठित समितिलाई आगामी दिनहरूमा विविध गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिएका थिए। विशेष रूपमा शैक्षिक र सामाजिक कार्यक्रमहरूमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने, सांस्कृतिक कार्यक्रममार्फत युवाहरूलाई सृजनात्मक रूपमा अघि बढाउने र खेलकुद कार्यक्रमहरू मार्फत अनुशासन र एकता कायम गर्ने बारेमा मार्गदर्शन दिइएको थियो। साथै, समितिले समाजसेवा, वातावरणीय संरक्षण र स्थानीय जनताको कल्याणका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको समापन औपचारिक अभिवादन र शुभकामना आदान–प्रदानसँगै सम्पन्न भयो। आयोजकहरूले आगामी समयमा आञ्चलिक समितिले विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्। नवगठित समितिले युवा शक्ति, समाजिक जिम्मेवारी र गोर्खा समुदायको विकासलाई आफ्नो प्राथमिकता बनाउँदै, संगठनलाई अझ बलियो र सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिवेदन: राहुल तामाङ-सभापति,जोहिङ ९/६ कोइलामारी आञ्चलिक समिति (आग्सु)