All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #7
December 4, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) हिमाली आञ्चलिक समितिद्वारा ४थे बौद्धिक सभा कोइला मोइला मा सम्पन्न हुन्छ

📅 December 4, 2025
✍️ AAGSU
🕒 12:06 AM

अखिल असम गोर्खा छात्र संघ (AAGSU) हिमाली आञ्चलिक समितिको आयोजनामा र सम्पूर्ण शाखा समितिहरूको सहयोगमा ४थे बौद्धिक सभा कोइला मोइला शाखामा भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमले गोर्खा समाजभित्र जागरण, एकता, चेतना र संगठनात्मक सुदृढीकरणका पक्षमा महत्वपूर्ण सन्देश दिन सफल भएको छ।

कार्यक्रमको अध्यक्षता हिमाली आञ्चलिक समितिका सभापति‌ले गर्नुभएको थियो भने सभाको ब्यख्या सहसचिवले गर्नभएको थियो उक्त सभामा प्रमुख अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ चिरांग जिल्ला समितिका सम्मानिय सभापति श्री निचल गिरी ,र अखिल असम गोर्खा छात्र संघ (AAGSU) BTR क्षेत्रीय समितिबाट संगठनिक सचिब Amal Karki , लगायत थुप्रै बुद्धिजीवी, संघका कार्यकर्ताहरू समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा अतिथिहरूलाई परम्परागत गोर्खाली संस्कार अनुसार सम्मान गरिएको थियो। त्यसपछि संघको ध्येय–उद्देश्य र ऐतिहासिक यात्राको संक्षिप्त परिचय प्रस्तुत गर्दै संघका पदाधिकारीहरूले संगठनले हालसम्म निभाउँदै आएको सामाजिक, शैक्षिक र सांस्कृतिक उत्तरदायित्वबारे प्रकाश पारे।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजना गरिएको बौद्धिक छलफल सत्रमा विभिन्न विद्वान् वक्ताहरूले समाजमा देखिँदै आएका विविध समस्याहरू र त्यसको समाधानका उपायहरूबारे गहिरो विश्लेषण प्रस्तुत गरे। सभामा विशेष रूपमा हालको परिवेशमा बिग्रँदै गएका सामाजिक नीतिहरू, राजनीतिक स्वार्थका कारण बढ्दै गएको विभाजन र विषमता, गाउँ समाजमा घट्दै गएको भाईचारा र आपसी एकताको अभाव जस्ता विषयहरूमा विस्तृत बहस गरिएको थियो।

वक्ताहरूले समाजमा फैलिएको नकारात्मक सोच र उदासीनतालाई हटाई नयाँ पुस्तामा संगठनप्रति विश्वास र जिम्मेवारीको भावना जगाउनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार, अखिल असम गोर्खा छात्र संघ (AAGSU) केवल विद्यार्थीहरूको मात्र संस्था नभई सम्पूर्ण गोर्खा समाजको आवाज हो, जसले असम राज्यमा गोर्खाहरूको सामाजिक, शैक्षिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने अभियान चलाउँदै आएको छ।

त्यसैगरी, सभामा AAGSU का भावी रणनीति र कार्ययोजनासम्बन्धी खुला बहस पनि गरिएको थियो। वक्ताहरूले गोर्खा समाजको अस्तित्व र पहिचानलाई सुरक्षित राख्न संगठनको भित्री एकता, अनुशासन र बौद्धिक नेतृत्व अत्यावश्यक रहेको निष्कर्ष निकाले।

AAGSU BTR क्षेत्रीय समितिका संगठनिक सचिव अमल कार्कीले आफ्नो सम्बोधनमा भने, “समाजमा देखिएको निराशालाई आशामा रूपान्तरण गर्ने जिम्मेवारी हाम्रो पुस्तामा छ। हामीले संगठनलाई केवल नारामा होइन, व्यवहारमा पनि जनताको बीचमा स्थापित गर्नुपर्छ।” त्यसैगरी,बौद्धिक चेतनाको जागरण नै दीर्घकालीन परिवर्तनको मूल सूत्र हो।”

कार्यक्रमको समापन सत्रमा उपस्थित अतिथि र वक्ताहरूले AAGSU लाई गोर्खा समाजको एकमात्र सशक्त आवाज र अस्तित्वको प्रतीकको रूपमा अझ सबल बनाउने प्रतिज्ञा व्यक्त गरे। सभाको अन्त्यमा धन्यवाद ज्ञापन र जय AAGSU, जय गोर्खा का नारासहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रेरक: सुमन छेत्रि-सचिव ,हिमाली आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top