
उडालगुरी, ८ जनवरी २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) उडालगुरी जिल्ला समिति अन्तर्गत हरिसिंगा आञ्चलिक समितिको उद्योगमा मिति ८ जनवरी २०२६ का दिन कुन्द्रबिल शाखा समितिको पुरानो समिति विघटन गरी नयाँ समिति गठन गरिएको छ।
हरिसिंगा आञ्चलिक समितिका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले संगठनलाई थप सुदृढ, सक्रिय तथा अनुशासित बनाउने उद्देश्यका साथ सर्वसम्मत रूपमा ३७ सदस्यीय नयाँ कुन्द्रबिल शाखा समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा आग्सुको नीति, उद्देश्य तथा भावी कार्ययोजनाबारे समेत विस्तृत छलफल गरिएको थियो।
नवगठित समितिको सभापतिमा राजु लिम्बु र मूल–सचिवमा कर्णमान सुनारी चयन भएका छन्। त्यसैगरी उप–सभापतिमा तीर्थराज कार्की र अनिता दाहाल रहेका छन्। सह–सचिवमा भिम बहादुर राई र हिमा प्रधान चयन भएका छन्। संगठन सचिवको जिम्मेवारी बलराम बस्नेतलाई दिइएको छ भने सह–संगठन सचिवमा बेदनदी शर्मा चयन भएका छन्।
समितिका अन्य पदाधिकारीहरूमा शिक्षा सचिव मिना छेत्री, खेलकुद सचिव बिशाल राई, सांस्कृतिक सचिव दुर्गा राई, प्रचार सचिव बिष्णु प्रधान, कार्यालय सचिव रोहित छेत्री तथा स्वयंसेवक प्रमुख मोहन कुमार छेत्री रहेका छन्।
त्यसैगरी समितिका सदस्यहरूमा अनिता पोखरेल, नमिता देवी, गीता देवी, सञ्जय सुनारी, राजेन छेत्री, सागर छेत्री, राहुल छेत्री, तिलक भुजेल, पंकज पौडेल, किरण सुनारी, दिपक छेत्री र रोहित मगर लगायत अन्य सदस्यहरू रहेका छन्।
कार्यक्रमको अन्त्यमा वक्ताहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आग्सुको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनअनुसार अघि बढ्दै छात्र–समाज तथा गोर्खा समुदायको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
प्रतिवेदन: दिपक विश्वकर्मा- सभापति,हरिसिंगा आञ्चलिक समिति (आग्सु)।