All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #35
June 18, 2026

मध्य बास्का आञ्चलिक समितिको कार्यलयमा बाक्सा जिल्ला समितिको प्रथम कार्यकारिणी सभा सम्पन्न

📅 June 18, 2026
✍️ AAGSU
🕒 12:06 AM

बाक्सा १२ जुन: नवनिर्मित बक्सा जिल्ला समितिको प्रथम कार्यकारिणी सभा आज उत्साहपूर्ण, सौहार्दपूर्ण तथा दूरदर्शी वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। नवगठित समितिको पहिलो कार्यकारीणी बैठकका रूपमा आयोजित यस सभालाई संगठनको भावी कार्यदिशा, उद्देश्य तथा योजनाहरू निर्धारण गर्ने महत्वपूर्ण प्रारम्भका रूपमा लिइएको छ। सभामा शाखा, आञ्चलिक तथा जिल्ला समितिबीचको संगठनात्मक सम्बन्धलाई अझ सुदृढ, व्यवस्थित तथा प्रभावकारी बनाउने विषयमा विस्तृत तथा गहन छलफल गरिएको थियो। संगठनलाई तल्लो तहदेखि नै दरिलो बनाउँदै नियमित संगठनात्मक भेटघाट, आपसी समन्वय तथा सक्रिय सहभागितामार्फत संगठनलाई थप सशक्त बनाउने विषयमा सहभागीहरूबीच सकारात्मक विमर्श भएको थियो।
सभाले आगामी दिनमा शिक्षा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी विविध र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने महत्वाकांक्षी परिकल्पना प्रस्तुत गर्नका साथै आगामी हुन गई रहेको जनगणना बारे बिषेश आलोचना हुन्छ।विशेषगरी जिल्लाभित्र अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूलाई गर्मी बिदाको अवधिमा निःशुल्क कोचिङ सञ्चालन गर्ने महत्वपूर्ण सिद्धान्त पारित गरिएको छ। यस पहलले विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै शैक्षिक रूपमा सहयोग आवश्यक रहेका विद्यार्थीहरूलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ। समितिले शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा आत्मसात गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक तथा खेलकुदसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यसैगरी, आगामी दुई वर्षका लागि शैक्षिक विषयसम्बन्धी योजनाको परिकल्पना तथा कार्यान्वयनका निम्ति शिक्षा सचिव श्री पुष्प भट्टराई लाई incharge, सह शिक्षा सचिव श्री सुमन ढंगेल लाई co-incharge श्री चन्द्र पराजुली (member) ,तथा श्री राम निरौलालाई (member) समेटेर विशेष समिति गठन गरिएको छ। संगठनात्मक भेटघाटलाई अझ मजबुत तथा प्रभावकारी बनाउने उद्देश्यले श्री दीपक कुमार फुयेल, श्री जिबन गौतम तथा श्री धर्म भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ। यसैगरी, आगामी दुई वर्षमा प्रभावकारी शैक्षिक कर्मशालाको अवधारणा निर्माण तथा योजनाबद्ध कार्यान्वयनका निम्ति श्री पवन भण्डारी, श्री एकान्त पौडेल श्री पवन सोनारी, श्री तथा श्री भुवन सोनारी, तथा श्री पृथु पराजुलीलाई विशेष जिम्मेवारी प्रदान गरिएको छ। समितिले यी योजनाहरूले संगठनको दीर्घकालीन सुदृढीकरण तथा युवापुस्ताको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।
आजको गरिमामय सभामा बिटिसि क्षेत्रीय समिति का मूलसचिव श्री राजु सुवेदी तथा सचिव श्री दीप क्षेत्री तथा बाक्सा जिला का निवर्तमान सभापति श्री पारसमणि पराजुलीको विशेष उपस्थितिले सभाको गरिमा अझ अभिवृद्धि गरेको थियो। उक्त अवसरमा उहाँहरूले संगठनको महत्व, यसको आवश्यकता तथा समाज निर्माणमा संगठनको भूमिकामाथि महत्वपूर्ण धारणा व्यक्त गर्नुका साथै संगठनलाई अझ दरिलो, व्यवस्थित तथा प्रभावकारी बनाउन एकता, अनुशासन, समन्वय र सक्रिय सहभागितामा विशेष जोड दिनुभएको थियो। संगठनको मजबुती नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै उहाँहरूले नवगठित जिल्ला समितिलाई योजनाबद्ध, उत्तरदायी तथा परिणाममुखी ढंगले अगाडि बढ्न प्रेरणादायी सुझावसमेत प्रदान गर्नुभएको थियो।
सभाको अन्त्यमा सभापतिज्यूले संगठनको उज्ज्वल भविष्य निर्माणका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एकता, सहयोग तथा सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आज प्रस्तुत गरिएका योजना तथा परिकल्पनाहरूलाई सफल कार्यान्वयनका दिशामा अगाडि बढाउन सबैको सामूहिक प्रतिबद्धताको अपेक्षा व्यक्त गर्नुभयो। साथै, सभालाई उपलब्धिमूलक बनाउन महत्वपूर्ण विचार, सुझाव तथा योजना प्रस्तुत गर्ने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सभा समापन गरिएको थियो।

प्रतिबेदक: पवन सोनारी, सुचना एवं प्रविधि सचिव, बाक्सा जिला समिति

📤 Share this story
Scroll to Top