All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #5
November 20, 2025

नाग्रिजुलीमा प्रथम वार्षिक रमाइलो तिहार समारोह–२०२५ भव्यरूपमा सम्पन्न

📅 November 20, 2025
✍️ AAGSU
🕒 12:06 AM

तामुलपुर, १५ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ, नाग्रिजुली आञ्चलिक समितिको उद्योग तथा ६ वटा शाखा समितिको सहयोगमा गत् १५ नोभेम्बरमा तामुलपुर जिल्ला अन्तर्गत नाग्रिजुलीको २ नं पहाड़पुरस्थित दुर्गा मंदिर प्राङ्गणमा एकदिवसीय कार्यसूचीले प्रथम वार्षिक रमाइलो तिहार समारोह– २०२५ सफलतापूर्वक सम्पन्न हुन्छ।

कार्यसूची अनुसार, बिहान ७ बजे सामूहिक सरसफाई बिहान ८ बजे अखिल असम गोर्खा छात्र संघ, नाग्रिजुली आञ्चलिक समितिका सभापति रविशंकर उप्रेतीले संस्थाको झण्डोत्तोलन गरेपश्चात् मूल सचिव मिलन पौडेलले शहीद तर्पण गरेका थिए। त्यसपश्चात् क्रमशः बिहान ८.४५ बजे कलाकार प्रयात जुबिन गार्ग प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम, बिहान ९ बजे वृक्षरोपण कार्यक्रम हुन्छ ।

यता, दिउँसो २ बजेदेखि कार्यक्रमको आमा सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हुन्छ। नाग्रिजुली आञ्चलिक समितिका सभापति रविशंकर उप्रेतीले सभापतित्वमा सम्पन्न भएको आम सभा तथा सांस्कृतिक कार्यक्रम पूर्व सभापति अ.गो. स श्रीमान उपेन् छेत्रीले उद्घाटन गरेका थिए भने स्वागतकारिणी समितिका सभापति टेक बहादुर छेत्रीले स्वागत भाषण दिएका थिए। नाग्रिजुली आञ्चलिक समितिका मूल सचिव मिलन पौडेल र तामुलपुर जिल्ला समितिका उप सभापति राजेन अधिकारीले सञ्चालन गरेको आम सभा तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघका सभापति सुनील कुमार छेत्री उपस्थित थिए भने तिनसँग उप सभापति सञ्जीव चौहान, कार्यालय सचिव विकाश शर्मा, साथै तामुलपुर जिल्ला समितिका सभापति कार्यवाहक राजु तामाङ र मूल सचिव टङ्क भट्टराई उप सभापति मोहन भट्टराई उपस्थित थिए। साथै सो कार्यक्रममा तामुलपुर जिल्लाका धेरै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा परम्परागत देउसी र भैलीको साथै मारुनी नाच, खुकुरी नृत्य, हुर्रा नृत्य र बहुजातीय नृत्य प्रदर्शन गरिएको थियो।

प्रतिवेदन: मिलन पौडेल, मूल सचिव, नाग्रिजुली आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top