All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #9
December 18, 2025

मालिनीपुर अञ्चलमा चार दिने संगिनी प्रशिक्षण कर्मशाला भव्य रूपमा सम्पन्न

📅 December 18, 2025
✍️ AAGSU
🕒 12:06 AM

मालिनीपुर, डिसेम्बर १६: गोर्खा उन्नयन परिषद्, असमको सहयोगमा धेमाजी जिल्ला समिति अन्तर्गत मालिनीपुर आञ्चलिक समितिको अगुवाईमा आयोजित चार दिने संगिनी प्रशिक्षण कर्मशाला मालिनीपुर अञ्चलमा भव्य तथा सफलतापूर्वक आज सम्पन्न भएको छ। उक्त प्रशिक्षण कर्मशालाले गोर्खा जातिको परम्परागत सांस्कृतिक वाद्य संगिनीको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएको सहभागीहरूको साझा धारणा रहेको छ।

कार्यक्रमको उद्देश्य गोर्खा समुदायको मौलिक पहिचानसँग जोडिएको संगिनी वादनकला पुनर्जीवित गर्नु, युवा पुस्तालाई यसप्रति आकर्षित गर्नु तथा व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो। सोही अनुरूप प्रशिक्षण अवधिभर संगिनीको इतिहास, संरचना, ताल–लय, वादनशैली र प्रस्तुतीकरणका विविध पक्षहरूमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

उक्त प्रशिक्षण कर्मशालामा प्रशिक्षकका रूपमा आदरणीय श्रीमान शान्त सिर्पाली ज्यू तथा श्रीमती लता देवी ढकाल ज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको अनुभवी मार्गदर्शन, सरल शिक्षण पद्धति तथा निरन्तर अभ्यासका कारण सहभागी प्रशिक्षार्थीहरूले संगिनी वादनसम्बन्धी आधारभूतदेखि उन्नत तहसम्मको ज्ञान हासिल गर्न सके। प्रशिक्षकद्वयले प्रशिक्षणलाई केवल सीपमा सीमित नराखी संस्कार, अनुशासन र सांस्कृतिक चेतनासँग जोडेर प्रस्तुत गर्नु भएकोले कार्यक्रम अझ प्रभावकारी र प्रेरणादायी बनेको थियो।

मालिनीपुर आञ्चलिक समितिले आफ्नो कला, कृष्टि र संस्कृतिको संरक्षण तथा विकासप्रति देखाउँदै आएको प्रतिबद्धता यस प्रशिक्षण कर्मशालामार्फत पुनः स्पष्ट भएको छ। आधुनिक जीवनशैली र प्रविधिको प्रभावका कारण ओझेलमा पर्दै गएका परम्परागत सांस्कृतिक सम्पदाहरूलाई जगेर्ना गर्न यस्ता कार्यक्रमहरू समयसापेक्ष र अत्यन्त आवश्यक रहेको सहभागीहरूले बताएका छन्। स्थानीयस्तरमा आयोजना गरिएको यस प्रकारको प्रशिक्षणले ग्रामीण भेगका युवायुवतीहरूलाई समेत प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ।

आगामी दिनहरूमा पनि मालिनीपुर आञ्चलिक समितिले कला, संस्कृति र परम्पराहरूको संरक्षण तथा विकासका लागि यस्तै सिर्जनात्मक, व्यवहारिक र समुदायमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने विश्वास व्यक्त गरिएको छ। यसले सांस्कृतिक पहिचान सुदृढ हुनुका साथै नयाँ पुस्तामा स्वाभिमान र जिम्मेवारीको भावना विकास हुने अपेक्षा गरिएको छ।

यस अवसरमा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण आयोजक, प्रशिक्षक, सहभागी, स्वयंसेवक तथा सहयोगी मनहरू संगसंगै गोर्खा उन्नयन परिसद लाइ आञ्चलिक समितिले विशेष रुपमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। गोर्खा पहिचान, संस्कार र संस्कृतिको संरक्षणका लागि यस्ता पहलहरूले आगामी दिनमा अझ सशक्त प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रतिवेदन: चन्दन भराली-सभापति,मालिनीपुर आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top