All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

अखिल असम गोर्खा छात्र संघ माकुम आञ्चलिक समितिको जरुरी बैठक सम्पन्न

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:06 AM

माकुम, ६ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU) माकुम आञ्चलिक समितिको पहलमा एक जरुरी बैठक सम्पन्न भएको छ। संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा माकुम आञ्चलिक समिति अन्तर्गत रहेको गोर्खा नारी परिषद्, सुन्दरनगर शाखा समितिका दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो। समाजमा एकता, सहकार्य तथा संगठनात्मक मजबुती कायम राख्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा माकुम क्षेत्रका विभिन्न जनसरोकारका विषयहरू, विशेषगरी भूमिसम्बन्धी समस्या, सडक तथा आधारभूत पूर्वाधारका समस्यालगायत स्थानीय बासिन्दाले भोगिरहेका विविध समस्यामाथि गम्भीर छलफल भएको थियो।

बैठकले सुन्दरनगर क्षेत्रका बासिन्दाका समस्याहरू समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय लिएको छ। यसका साथै, उक्त समस्याहरूको स्थायी समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा स्मारकपत्र बुझाउने निर्णय समेत गरिएको माकुम आञ्चलिक समितिले जनाएको छ।

संगठनका पदाधिकारीहरूले स्थानीय जनताको हक, अधिकार र विकासका सवालमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिवेदन : मिलन अधिकारी सभापति माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top