
मरिगाउँ, १ जुलाई, २०२६:
गत जुन ३०, २०२६ का दिन मुख्य रूपमा सदौ तिवा छात्र संघ (ATSU), अखिल असम गोर्खा छात्र संघ (AAGSU) मरिगाउँ जिल्ला समिति साथै अन्य तिवा जनजातीय संगठनको नेतृत्वमा, संयुक्त प्रतिनिधिमण्डलले असम सरकारका क्याबिनेट मन्त्री एवं स्थानीय विधायक आदरणीय श्री पीयुष हाजरिकाज्यूसँग एक सौहार्दपूर्ण भेटघाट गरेका छन्। अखिल असम गोर्खा छात्र संघ (AAGSU) मरिगाउँ जिल्ला समिति बाट सभापति पदुम थापा र मूल सचिव दिपान्कर सेढाईको उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा, मरिगाउँको सिन्धिसर, रौमारी र विहीता गाउँमा लामो समयदेखि प्रस्तावित सरकारको ‘स्याटेलाइट टाउनसिप’ परियोजनालाई रद्द गरी स्थानीय बासिन्दाको पक्षमा स्थायी समाधान गर्ने सरकारको निर्णयलाई तिवा छात्र सन्था मरिगाउँ जिल्ला र गोर्खा छात्र सन्था मरिगाउँ जिल्ला समितिले पूर्ण रूपमा स्वागत गर्दै सरकार र मन्त्री हाजरिकाप्रति धन्यवाद ज्ञापन गरेका छन।
उक्त महत्वपूर्ण बैठकमा स्याटेलाइट टाउनसिप परियोजना खारेजीका साथै मरिगाउँ जिल्ला अन्तर्गतका विभिन्न क्षेत्रमा रहेका जमिन सम्बन्धी समस्याहरू र अन्य थुप्रै स्थानीय मुद्दाहरूका बारेमा पनि गहन छलफल भएको जानकारी प्राप्त भएको छ।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिल्ला समिति।