बाक्सा,२६ जनवरी २०२६ :दिवंगत मित्र भण्डारीज्यूको आवासमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) सहित विभिन्न तहका संगठनात्मक पदाधिकारीहरूद्वारा गठित एक प्रतिनिधि टोली उपस्थित भई श्रद्धाञ्जलि अर्पण गरेको छ। कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

श्रद्धाञ्जलि कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सभापति सुनील क्षेत्री, केन्द्रीय उपदेष्टा बीरेन्द्र सुब्बा, केन्द्रीय उपसभापति संजीव चौहान, केन्द्रीय सांगठनिक सचिव प्रकाश कोइराला, केन्द्रीय आई.टि. सचिव किरण खडका तथा बि.टि.सि. क्षेत्रीय समितिका उपसभापति दीपेन्द्र कार्की र मूल सचिव राजु सुवेदी विशेष रूपमा उपस्थित रहनुभएको थियो।
यसैगरी बाक्सा जिल्ला समितिका सभापति पारस पराजुली, महासचिव अम्कान्त पौडेल, उपसभापतिद्वय खिरोज दाहाल र राम निरोला, आई.टि. इन्चार्ज सुमन ढुंगेल, स्वयंसेवक प्रमुख भाल कटवाल, सांगठनिक सचिव दीपक फुयेल, सह–सचिव हेमन्त शर्मा र राजु कार्की, सदस्य मान प्रधान तथा जय नारायण घिमिरेको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। साथै बाक्सा शाखा समितिका सभापति र सचिव समेत श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा बाक्सा आञ्चलिक समितिका सभापति धर्मा भण्डारी, सचिव चन्दन भुसालसहित अन्य सदस्यहरू, सुबनखाटा आञ्चलिक समितिका सभापति हेमराज सापकोटा, उपसभापति कृष्ण विश्वकर्मासहित अन्य सदस्यहरू, मध्य बाक्सा आञ्चलिक समितिका सभापति केशव पाठक, सचिव राजेन्द्र न्यौपानेसहित अन्य सदस्यहरू, मानस आञ्चलिक समितिका सचिव भोपाल प्रधान, श्याम क्षेत्री, भास्कर लुइटेलसहित अन्य सदस्यहरू तथा हिमाली आञ्चलिक समितिका सभापति जीवन गौतम, सचिव पृथु पराजुलीसहित अन्य सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

श्रद्धाञ्जलि कार्यक्रमका क्रममा उपस्थित पदाधिकारीहरूले दिवंगत मित्र भण्डारीज्यूको संगठनप्रतिको योगदान, सामाजिक क्षेत्रमा देखाएको सक्रियता तथा समर्पित जीवनको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए। वक्ताहरूले मित्र भण्डारीज्यूलाई एक इमानदार, कर्तव्यनिष्ठ र समाजप्रति सधैँ अग्रसर रहने व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको योगदान सदैव स्मरणीय रहने उल्लेख गरे।
कार्यक्रमको अन्त्यतिर प्रतिनिधि टोलीले शोकसन्तप्त परिवारप्रति गहिरो सम्मान प्रकट गर्दै सुख–दुःखका हरेक क्षणमा सम्भव भएसम्म साथ रहने प्रतिबद्धता व्यक्त गर्यो। परिवारमा कुनै आवश्यकता वा कठिनाइ उत्पन्न भएमा जानकारी गराइदिन अनुरोध गर्दै आवश्यक सहयोगका लागि संगठन सधैँ तत्पर रहने विश्वास पनि व्यक्त गरिएको थियो। श्रद्धा, सम्मान र सहानुभूतिपूर्ण वातावरणबीच सम्पन्न उक्त कार्यक्रमले दिवंगत आत्माप्रति सामूहिक श्रद्धाञ्जलि अर्पण गर्दै संगठनात्मक एकता र मानवीय संवेदनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ।
प्रतिवेदक: सुमन डुंगेल- प्रचार सचिव (IT Incharge) बाक्सा जिला समिति(आग्सु)