All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

अखिल असम गोर्खा छात्र संघको मोरिगाउँ जिल्ला समिति पुनर्गठन

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:05 AM

मोरिगाउँ, ८ फेब्रुअरी २०२६ : अखिल असम गोर्खा छात्र संघ (आगसु) मोरिगाउँ जिल्ला समितिको सातौँ द्वि-वार्षिक प्रतिनिधि सभा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको अवसरमा दुई वर्षे कार्यकाल पूरा गरेका पुराना पदाधिकारीहरूको कार्यकाल औपचारिक रूपमा समाप्त भएसँगै संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ जिल्ला कार्यकारिणी समिति गठन गरिएको हो।
महिला समिति भवन, अमिलिघाटमा सम्पन्न प्रतिनिधि सभामा मोरिगाउँ जिल्लाभरका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिनिधि सभामा संगठनको विगत कार्यकालको समीक्षा, वर्तमान चुनौतीहरू तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। छलफलपछि प्रतिनिधिहरूको सर्वसम्मतिबाट नयाँ जिल्ला कार्यकारिणी समिति चयन गरिएको हो।


अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट पर्यवेक्षकको रूपमा सांगठनिक सचिव दुर्गा बस्नेत, प्रचार सचिव सोमराज सोनार, सूचना एवं प्रविधि सचिव किरण खड्का तथा सह सांस्कृतिक सचिव त्रिदेव बिष्टको उपस्थिति रहेको थियो। केन्द्रीय प्रतिनिधिहरूले अधिवेशनलाई मार्गदर्शन प्रदान गर्दै संगठनात्मक एकता, अनुशासन र विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। साथै प्रचार सचिव सुरेश पाण्डेय, साहित्य सचिव दीपक दाहाल तथा मुखपत्र सम्पादक कमल ढकालको सक्रिय सहभागिताले अधिवेशनलाई थप अर्थपूर्ण र प्रभावकारी बनाएको थियो।
नवगठित मोरिगाउँ जिल्ला समितिको सभापतिका रूपमा पदम थापा चयन भएका छन्। उप-सभापतिमा गणेश क्षेत्री, सुमन चाम्लागाई, आकाश अधिकारी र भरत क्षेत्री रहेका छन्। मूल-सचिवको जिम्मेवारी दीपांकर सेड़ाईलाई दिइएको छ भने सचिवहरूमा मेघराज क्षेत्री, दिपु नेउपाने र युवराज क्षेत्री चयन भएका छन्।
त्यसैगरी सांगठनिक सचिवमा धिराज दाहाल, शिक्षा सचिवमा कृष्ण क्षेत्री, प्रचार सचिवमा बिष्णु उपाध्याय नियुक्त भएका छन्। सांस्कृतिक सचिवको रूपमा रुद्र थापा, दर्शन क्षेत्री र आशा क्षेत्री चयन भएका छन्। कार्यालय सचिवको जिम्मेवारी देवराज बोहोरा, सूचना एवं प्रविधि सचिवको जिम्मेवारी आदित्य शर्मा, खेलकुद सचिवको जिम्मेवारी भरत शर्मा तथा वित्त सचिवको जिम्मेवारी विपुल कार्कीलाई दिइएको छ। कार्यकारिणी सदस्यहरूमा निरु क्षेत्री, निकिता क्षेत्री, ओम क्षेत्री र बिट्टु शर्मा चयन भएका छन्।


अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दुई वर्षमा मोरिगाउँ जिल्लाभर आगसुलाई थप सक्रिय र प्रभावशाली बनाउने विश्वास व्यक्त गरे। नयाँ समितिले विद्यार्थी हकहितका सवाललाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको विकास, खेलकुद र सांस्कृतिक गतिविधिको प्रवर्द्धन तथा सूचना प्रविधिको माध्यमबाट संगठनलाई आधुनिक र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको समापनसँगै नवगठित जिल्ला समितिले संगठनको नीति, सिद्धान्त र उद्देश्यअनुसार एकताबद्ध रूपमा काम गर्दै विद्यार्थी तथा समाजको हितमा निरन्तर क्रियाशील रहने संकल्प व्यक्त गरेको छ। प्रतिनिधिहरूले संगठनलाई जनमुखी, सशक्त र परिणाममुखी दिशामा अघि बढाउन सबै पदाधिकारीहरू मिलेर काम गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

प्रतिवेदक: आदित्य शर्मा-सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिला समिति ।

📤 Share this story
Scroll to Top