
अखिल असम गोर्खा छात्र संघ नवगठित कोक्राझार जिल्ला समितिको सपथ ग्रहण समारोह मिति ९ जनवरी २०२६ शुक्रबारको दिन जिल्ला आग्सु कार्यालय कोक्राझार गोर्खा भवनमा संपन्न भएको छ।
निवर्तमान सभापति मुकुन्द भट्टराईको अध्यक्षता र मूलसचिव सेबाष्टिन रत्नेको सञ्चालनमा भएको सभामा नवगठित कोक्राझार जिल्ला समिति लाई आग्सु केन्द्रिय समितिका स्वास्थ सचिव अमृत खड्काले शपथ पाठ गराई शपथ ग्रहण गराउँदछन।
शपथ ग्रहण पश्च्दादै निवर्तमान सभापति मुकुन्द भट्टराईले सम्पूर्ण दाईत्वभार जिल्ला समितिका नवगठित सभापति एवं मूलसचिव लाई अर्पण गर्दछन।
उक्त कार्यक्रममा गोर्खा मनोनित पार्षद नन्दलाल राणा मगर पनि उपस्थित भएका रहेर आफ्नो अविभासन् राखी नव गठित जिल्ला समितिलाई शुभ कामना प्रदान गर्दछन।
उक्त कार्यक्रमका अ गो स केन्द्रिय समितिका मूलसचिव विकास सुवेदी, अ गो स कोक्राझार जिल्ला समितिका सभापति रामबाबु थापा, बीटीसी क्षेत्रिय समितिका शिक्षा सचिव शंकर राई,कार्यालय सचिव किरण पौडेल ले पनि नवगठित कोक्राझार जिल्ला समितिलाई शुभकामना प्रदान गरी सांगठनिक विषयमा आफ्नो भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा कोक्राझार जिल्ला अन्तरगतका सम्पूर्ण आञ्चलिक एवं शाखा समितिका सभापति मूलसचिव लगायत कर्मकर्ताले पनि आफ्नो उपस्थिति दर्शाउँदै आगामी कार्यकालमा जिल्ला समितिलाई पूर्णता सहयोग गरेर अगाडि बढ्ने प्रतबद्धता रहेको जानकारी गराएका छन्।
नव–निर्वाचित कोक्राझार जिल्ला समिति आग्सुको शपथ लिने क्रममा सभापति आइता घिसिङ, मूल–सचिव सेबाष्टिन रत्ने, उप–सभापतिहरू प्रकाश बूढाथोकी, राज तामाङ, निरज छेत्री र चन्द्रबहादुर मगर शपथ लिएका छन्। सचिवहरूमा गर्जमान घले, हेमन पोख्रेल, भुवन पौडेल, पवन सुवेदी र विदिशा गुरुङले शपथ ग्रहण गरेका छन् । सांगठनिक सचिवमा रामबहादुर लिम्बु, स्वयंसेवक प्रमुख डिकबहादुर नेवार, साहित्य सचिव सुमन तामाङले पनि शपथ ग्रहण गरेका छन्।
विभिन्न कारणवश शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन न सकेका पदाधिकारि हरुले संविधान बमोजिम बर्धित कार्यकरिनी सभामा शपथ ग्रहण गर्ने छन् भन्ने कुरामा जिल्ला समिति प्रतिबद्धता रहेको जानकारी प्राप्त भएको छ।
प्रतिवेदन: भुवन पौडेल-सचिव, कोक्राझार जिल्ला समिति (आग्सु)