
तामुलपुर, ९ सितम्बर: अखिल असम गोर्खा छात्र संघ पूर्व डेफेली आञ्चलिक समितिको उद्योगमा २०औँ वार्षिक रमाइलो तिहार समारोह तथा पूर्व डेफेली आञ्चलिक समितिको १४औँ द्विवार्षिक अधिवेशन भव्य, सभ्य, व्यवस्थित एवं सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा आइतबार पूर्व डेफेली आञ्चलिक समितिको मुख्य कार्यालयमा एक महत्वपूर्ण साधारण सभा सम्पन्न भयो।
पूर्व डेफेली आञ्चलिक समितिका सभापति विशाल मैनालीको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा आगामी कार्यक्रमलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न उद्देश्यले सोही आञ्चलिक समितिको पूर्व सभापति तथा वरिष्ठ समाजसेवी श्री होमलाल शर्माज्यूलाई सभापति, पूर्व सभापति श्री जगत प्रधानज्यूलाई कार्यकारी सभापति र श्री दिपक सिटौला र श्री हेमन्त सुवेदीलाई संयुक्त सचिवको जिम्मेवारी प्रदान गरी एक सशक्त स्वागतकारिणी समिति गठन हुन्छ।
सभाले नवगठित स्वागतकारिणी समितिलाई आगामी २०औँ वार्षिक रमाइलो तिहार समारोह तथा १४औँ द्विवार्षिक अधिवेशनको तयारी, व्यवस्थापन, आवश्यक समन्वय तथा अन्य सम्पूर्ण कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाउँदै कार्यक्रमलाई भव्य, सभ्य, ऐतिहासिक एवं स्मरणीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रदान गरेको छ।
उक्त सभामा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सह सांस्कृतिक सचिव श्री शिबु सोनारज्यू र तामुलपुर जिल्ला समितिका मूल सचिव श्री विप्लव चिमरीयाज्यू लगायत विभिन्न गोर्खा संघ संस्थाका प्रतिनिधिहरु र धेरै विशिष्ट व्यक्ति उपस्थित रहेका थिए।
प्रतिवेदक: कालिदास छेत्री-शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति,