📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

आग्सू उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभाका लागि स्वागतकारिणी समिति गठन।

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:05 AM

हरिसिङ्गा, १६ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सू) उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले आज हरिसिङ्गा आञ्चलिक समितिअन्तर्गत ३ नं. लिसिङ प्राथमिक विद्यालयमा एक सशक्त स्वागतकारिणी समिति गठन गरिएको छ।

उक्त सभाले आग्सू उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभा आगामी २० सेप्टेम्बर २०२६ का दिन हरिसिङ्गा आञ्चलिक समितिअन्तर्गत ३ नं. लिसिङ प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभा व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्न देवराज नेउपानेलाई स्वागतकारिणी समितिको सभापति, लीलानाथ दाहाललाई कार्यकारी सभापति तथा नवीन दाहाललाई मूलसचिवको जिम्मेवारी प्रदान गर्दै समिति गठन गरिएको हो।

सभाको अध्यक्षता आग्सू उदालगुडी जिल्ला समितिका भारप्राप्त सभापति किशोर काश्यपले गर्नुभएको थियो भने सञ्चालन जिल्ला समितिका मूलसचिव किशोर सिर्पालीले गर्नुभएको थियो।जिल्ला समितिका सचिव नवीन दाहाल ज्यूले सबैको परिचय गराउनुभएको थियो।

सभामा आग्सू केन्द्रीय समितिका सांस्कृतिक सचिव त्रिदेव विष्ट, उदालगुडी जिल्ला समितिका उपसभापतिहरू सञ्जीव चौहान, सञ्जीव खतिवडा तथा किरण सिग्देल, सचिव हेमराज छेत्री, सांगठनिक सचिव पवन खनाल, इन्द्र प्रधान, शिक्षा सचिव रूपम आत्रेय, प्रचार सचिव तिलक गौतम, नव शर्मा, वित्त सचिव खगेन गौतम, जिल्ला कार्यकारिणी सदस्यहरू विकास भट्टराई र मनोज राउतलगायतको उपस्थिति रहेको थियो।

यसैगरी, उदालगुडी जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका सभापति, मूलसचिव तथा पदाधिकारीहरू, हरिसिङ्गा आञ्चलिक अन्तर्गतका विभिन्न शाखा समितिका पदाधिकारी, विभिन्न संस्था तथा संगठनका नेतृत्ववर्ग, अभिभावक, शिक्षक तथा स्थानीय समाजका प्रतिनिधिहरू, साथै लिशि्ङगाउका विशिष्ट महानुभावहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

सभामा आगामी प्रतिनिधि सभालाई ऐतिहासिक, व्यवस्थित र सफल बनाउन सबै पक्षबाट सक्रिय सहयोग र सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

प्रतिवेदक: श्री तिलक गौतम, प्रचार सचिव, आग्सु, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top